योजना परिवर्तन भएपछि वडाकार्यलय घेराउ

पथरी / संघियता आयो सिहदरवारको अधिकार विकेन्द्रित भएर गाँउ–गाँउ सम्म आइपुग्यो तर जनताको पहुचमा भने परेन । बरु जनप्रतिनिधी र संसदले आफ्नो स्वार्थमा लगाए पछि जनता आत्र्रसीत हुन थालेका छन । जसको पछिल्लो उदाहरण मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर ३ देखिएको छ । प्रदेश संसाद विकाश कोषबाट परेको योजना आश्र्चय जनक रुपमा परिवर्तन भएको छ ।

२०७६ पुष ७ गते प्रदेश संसाद विकाश कोषबाट वडा नम्वर ३ मा रहेको जनता माविबाट उत्तर तर्फ जाने बाटो स्तरउन्नतिका लागि १० लाख रुपैयाको वजेट पास भएको थियो । पुषमा जव योजना पास भएर सो बाटोको स्तरउन्नतिका लागि स्थानिय पालिकालाई परिपत्र भयो त्यो पत्र नगर हुदै वडा सम्म पुग्यो तर कार्यान्यनमा आउन नपाई योजना परिवर्तन भयो । स्थानिय जनताले सोको कार्यान्वयनका लागि पटक–पटक वडा सग माग गरेपनि वडा अध्यक्षले कुनै वास्ता नगरेको स्थानिय निर्मला चौहानको भनाई ।

नगर र वडाध्यक्षले आफ्नो कार्यकर्ताको स्वार्थ अनुसार ३ महिना पछि एक्कासी योजना परिवर्तनको पत्र आएको स्थानीयको आरोप छ ।योजना परिवर्त गरि वडाध्यक्ष आफै उपभोक्ता समिति गठन गर्न सोही योजनाको दक्षिण पट्टिका जनतालाई अनुरोध गर्न पुगेपछि पहिलो योजनाका स्थानीय जनतामा निराशा हुदै वडाकार्यलय घेराउ गरेका छन । केही दिन अगाडी बरालले गाँउलेको घरमै पुगेर धम्कीपूर्ण भाषाको प्रयोग गर्दै चाहेको खण्डमा योजना परिवर्तन गर्ने र वजेट फ्रिज गर्न सक्ने सम्मको धम्की दिएको वडामा उपस्थीत भएका अन्य स्थानिय वासीले बताए । त्यसको केही दिनमै योजना परिवर्तनको पत्र बोकेर वडाध्यक्ष चेम्जोङ समिति गठन गर्न पुगेका थिए ।

स्थानियले योजना परिवर्तन हुनुको कारण वडाध्यक्ष डम्वर वहादुर चेमजोङलाई माग गर्दा उहाले आफुलाई कुनै कुरा थाहा नभएको प्रतिक्रिया दिएपछि विवाद उत्पन्न भएको थियो । विवाद मात्र उत्पन्न भएन आक्रोसित जनताले वडा कार्यालयको काम कार्वाही समेत मंगलवार अवरोध गरे । आफ्नो बाटोमा परेको योजना गाउकै एक नेकपाका पार्टी कार्यकर्ता केशव बरालको अगुवाईमा गोप्य रुपमा परिवर्तन गराएको अर्का एक स्थानिय नवराज तुम्बाहाम्फेको आरोप छ ।

एउटा पार्टीको कार्यकताले धम्की दिदै योजना नै परिवर्तन गराएपछि निराश बनेका स्थानिय योजना यथास्थानमा कार्यान्वयन गराउन वा परिवर्तनको कारण वारे सम्वधित निकायमा पहल गरिदिन अनुरोध गर्न पुगेपछि वडाध्यक्ष चेमजोङले माथीबाट परिर्वतन भएर आएको योजना हो, म केही गर्न सक्दीन भन्ने गैह्रजिम्मेवार जवाफ दिएका छन् ।

साथै अध्यक्ष चेमजोङले स्थानियलाई अध्यक्षको कुर्सीमा वसेर म पनि कुनै पर्टीबाट प्रतिनिधित्व गर्दै जन निर्वा्चित भएर आएको हुँ पार्टीको हावी अझै पनि हामी माथी छ म स्वतन्त्र छैन भन्ने जवाफ दिएका थिए । जसलाई आधार मान्ने हो भने जन प्रतिनिधि अझै पनि पार्टी मुखी नै भएको स्पष्ट देखिन्छ ।
निर्वाचन ताका जुनसुकै पार्टीको प्रतिनिधित्व भएर निर्वा्चित भए पनि स्थानिय क्षेत्रको विकास समृद्धिका लागि अहिले भने त्यो लगाम फुस्कीनु आवश्य छ ।
स्थानिय तहमा सत्ता पक्ष र प्रतिपक्षको भुमिका हुन्न भन्ने व्यावस्था भएपनि व्यावहारमा भने त्यो नदेखिएको स्थानियहरुको भनाई रहेको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…