मोरंगकाे बुढिगंगामा स्वास्थ्य शिबिर सम्पन्न,

मोरंग / मोरंगकाे बुढिगंगा गाउँपालिका -७ लक्ष्मी माध्यमिक बिधालयमा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएकाे छ । नागबेली लघुबित्त बित्तीय संस्था बिर्तामोड झापाको आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएकाे हाे । समाजप्रति उतरदायित्व बहन गर्ने उद्देश्यले आयाेजना गरिएकाे साे शिविरमा बुढिगंगा गाउँपालिका, ग्रामथान गाउँपालिका र सुन्दरहरैंचा नगरपालिका आसपासका १ हजार ३१ जनाले नि:शुल्क स्वास्थ्य लाभ लिएका थिए । शिविरमा नोबेल मेडिकल शिक्षण अस्पतालको प्राबिधिक सहयोग गरेकाे थियाे ।

शिविरमा जेनरल मेडिसिन तथा मुटु रोग, प्रसुति तथा स्त्रीरोग, बाल रोग, ल्याब प्रयोगशाला, मानसिक तथा नसा रोग, हाड जोर्नी, नाक, कान, घाँटी, आँखा परिक्षण तथा उपचार, भिडियो एक्सरे, इसिजी, न्युरो सर्जरी, दन्त सेवा तथा शल्य क्रिया लगायतको सेवा नि:शुल्क उपलब्ध गराइएको थियो ।

प्राबिधिक सहयोग गरेका नोबेल शिक्षण अस्पताल बिराटनगरका प्रबन्धक डा. नारायण प्रसाद दहालले सबै डिपार्टमेन्टका चिकित्सक मार्फत नि:शुल्क सेवा दिइएको जानकारी दिए । नोबेलको अगामी कार्यक्रम प्रदेश १ को १४ जिल्लामै नि:शुल्क स्वास्थ्य शिबिर सन्चालन गर्दै आएको छ भने अगामि फागुन १३ गते देखि २१ गते सम्म भोजपुर र संखुवासभाको विभिन्न स्थान शिविर संचालन गर्ने जाकारी दिए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…