मुख्यमन्त्री राईद्धारा पथरी–ज्यामिरे सडक शिलान्यास

बेलबारी / मोरङको पथरी देखि जाँते हुँदै ज्यामिरे जोडने सडक खण्डको सोमबार एक कार्यक्रमका बिच औपचारिक रुपमा शिलान्यास गरिएको छ । लेटाङ नगरपालिका वडा नम्बर ९ जाँतेमा एक कार्यक्रमका बिच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उक्त सडक खण्डको शिलान्यास गरेका हुन् । प्रदेश सरकारको सम्पुर्ण लगानीमा बन्न लागेको उक्त सडक खण्ड २ बर्ष भित्र बन्ने गरि श्री श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीले ५४ करोड ४८ लाख ४५ हजार १ सय २५ रुपैयाँमा ठेक्कामा लिएको छ ।

सो कार्यक्रममा बोल्दै मुख्य मन्त्री राईले यो सडक खण्डलाई समय मै गुणस्तर युक्त बनाउन समेत आग्रह गरे । साथै यो सडकले पथरी,जाते ज्यामिरे मात्र नभई पाँचथर, ताप्लेजुङ जिल्लासम्म जोड्न सहज हुने हुँदा धेरै जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने राईले बताए । साथै उनले देश बिकास र समृद्धिको बाटोमा अघि बढी सकेको हुदा अब बिकास निर्माणको कामले तीव्रता पाउने बताए ।
कार्यक्रममा प्रदेश सांसद कुशल साम्बा, उपेन्द्र घिमिरे, पथरी नगरप्रमुख दिलिप राई, लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्ण कुमारी पोखरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न जातीय झाँकीहरु समेत प्रदर्शन गरिएको थियो ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…