सुष्माले दिईन नगरपालिकालाई राहत सामाग्री

माेरङ / कोरोना भाईरसका कारण देश नै लकडाउनको अवस्थामा रहेको बेला स्थानिय तहले आफ्न तहमा भएका नागरिकअहरुलाई रहत वितरण गर्न शुरु गरेको छ ।

लामो समय लकडाउन भएको कारण दैनिक ज्यालादारी गरेर खाने देखी , अशाय, गरीब परिवारअहरुमा यसको प्रत्यक्ष असर देखिन थालेको छ । मोरङको सुन्दरहरैचा नगरपालिकाले पनि आफ्नो तहमा रहेका नागरिकअहरुलाई रहत वितरण गर्न शुरु गरेको छ ।

राहत वितरण गर्न नगरमा भएका विभिन्न संघ सस्था तथा व्यक्तीहरुले नगरलाई चामल, दाल, नुन, तेल जस्ता सामानहरु उपलब्ध गराएका छन । त्यस्तै सुन्दरहरैचा नगरपालिका ११ कि निर्वाचित महिला सदस्य सुश्मा चौधरी दनुवारले व्यक्तिगत रुपमा २० बोरा चामल नगरपालिकालाई हस्तान्तरण गरेकी छिन ।

विश्वव्यापिरुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देश नै लकडाउनको अवस्थामा रहेका बेला विपन्न परिवारलाई प्रदान गर्ने गरि समाजले नगरपालिकालाई राहत स्वरुप चामल हस्तान्तरण गरेको दनुवारले बताइन ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…