मलपोत कार्यलय बेलबारीको नयाँ भवन प्रयोगबिहिन

बेलबारी । मालपोत कार्यलय बेलबारीको करोडौ लागतमा निर्माण भएको नयाँ भवन ठेकेदार र संघिय योजना ईकाई कार्यलय बिराटनगर बिचको आरोप प्रत्यारोपका कारण प्रयोग नहुँदा भुत बंगलामा परिणत भएको छ ।

बेलबारी ३ मा निर्माण भएको भवन संघिय कार्ययोजना ईकाईले काम पुरा नभएको भन्दै पास गरेको छैन भने ठेकेदार कम्पनीले शर्त अनुसार भवन निर्माण सम्पन्न भएको बताउँछ । दुई बिच आरोप प्रत्यारोपका कारण बाहिर बाट हेर्दा निर्माण सम्पन्न भएको देखिने भवन भुत बंगलामा परिणत बनेको छ । ५ बर्षअघि निर्माण शुरु भएको भवन मापदण्ड बित्तिय प्रतिबेदनमा फेल भएको भन्दै प्रयोग बिहिन भएको छ ।

मालपोत कार्यलय बेलबारीका प्रमुख योगेन्द्र दुलाल सरकारी प्राबिधिकले जाँच गर्दा मापदण्डमा ८२ प्रतिशत मात्र भएपछि नयाँ भवन पास नभएको भवन सम्पन्न प्रतिबेदन पास नभएसम्म नयाँ भवन प्रयोग गर्न नसकिने बताउँछन । शहरी बिकास हालको संघिय कार्ययोजना ईकाईले सो भवनको मापदण्ड नपुगेको बताएपछि नयाँ भवनमा मालपोत सर्न नसकेको उनको भनाई छ । ठेकेदारले काम गर्न अझै बाँकी रहेको र काम पुरा नभएको बताईरहँदा ठेकेदार कम्पनीले भने सहमति अनुसार सबै काम सम्पन्न गरिसकेको बताएको छ ।

मालपोत कार्यलय बेलबारीले ५ लाख ९६ हजार बार्षिक घरभाडा तिरेर मालपोत कार्यलय सञ्चालन गरिरहेको लेखा अधिकृत हरि कट्टेल बताउँछन । भाडाको घर साँघुरो रहेको र काम गर्न असहज भएको अबस्थामा पटक पटक केन्द्रमा पुर्याउदा पनि भवनको मापदण्ड नपुगेको भन्दै नयाँ भवनमा सर्ने अनुमति नपाउँदा समस्या भएको उनी बताउँछन । सरकारी मापदण्डमा ८५ प्रतिशत काम पुरा भएको र १५ प्रतिशत काम बाँकी रहेकोले सो काम पुरा नभएसम्म भवन पास नहुने संघिय ईकाई कार्यलयको भनाई रहेको छ ।

बाहिरबाट हेर्दा रंगरोगन सहित तयारी अबस्थामा रहेकोजस्तो देखिने भवन बर्षौदेखि प्रयोगबिहिन भएको छ । सो भवन प्रयोग नहुँदा कार्यलय बाहिर लेउ लाग्नुका साथै पुरानो भुत बंगला जस्तै देखिने गरेको स्थानीय बताउँछन । निर्माण सम्पन्न भएपनि आर्थिक लेनदेनका कारण भवन प्रयोगबिहिन भएको स्थानीयको आशंका छ तरपनि लेखा अधिकृत कट्टेल भने बाहिर जस्ले जे भनेपनि ठेकेदार र सरकारी प्राबिधिकका कारण भवन प्रयोग गर्न नसकिएको बताउँछन । निर्माण सम्पन्न भएको रिपोर्ट कार्यलयमा नआएसम्म भवन सार्न नमिल्ने समेत उनले बताए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…