बेलबारी बजार अनुगमन,भेटिएन लुकाएका सामान

बेलबारी / कोरोनाको त्रास सँगै बजारमा अत्याबश्यक सामाग्रीहरुको अभाव शुरु भएको गुनासो बढेसँगै बेलबारी बजारको अनुगमन गरिएको छ । मंगलबार बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा गएको अनगुमन समितिले बेलबारीका बिभिन्न ग्याँस डिलर, मेडिकल पसल लगायतको अनुगमनन गरी बिक्री बितरण सहज बनाउन ब्यबसायीहरु सँग आग्रह गरेको थियो ।

अनुगमन टोलीमा उपप्रमुख सहित बेलबारी वडा नम्बर १० का अध्यक्ष गंगा याख्खा, बेलबारी ३ की सदस्य बिन्दुकला गुरुङ, ईलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख गुणराज बुढाथोकी, शसस्त्र प्रहरी बेस क्याम्पस लक्ष्मीमार्गको टोली, बेलबारी स्वास्थ्य शाखा प्रमुख सन्तोष बिक, बेलबारी नगरपालिकाका महेन्द्र खडका, युवा जागरण अभियान नेपालका अध्यक्ष सुजित बस्नेत लगायतको टोली रहेको थियो ।

उनीहरुले बिशेषगरी ग्याँस डिपो, पेट्रोल पम्प लगायतका ठाँउहरुमा अनुगमन गरेका छन । बजारमा कृतिम अभाव सिर्जना हुन नदिन् र भएका सामान, माक्स लगायतका अत्याबश्यक सामाग्रीहरुको सहज बिक्रि बितरणका लागी अनुरोध समेत गरिएको उपप्रमुख पराजुलीले बताईन ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…