बेलबारी नगरभित्रका ४ वटा सुरक्षा निकायलाई पिपिई

बेलबारी । बेलबारी नगरपालिकाले सुरक्षा निकायहरुलाई स्वास्थ्य सामाग्री पिपिई सेट वितरण गरेको छ । नगरले ४ वटा सुरक्षा निकायलाई नगरपालिकाले पिपिइ सेट बितरण गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीलाई १० थान शसस्त्र बेस क्याम्प लक्ष्मीमार्गलाई १० थान, शसस्त्र बेस क्याम्म बाहुनीलाई २ थान र ट्राफिक पोष्ट बेलबारीलाई ३ थान दिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । शान्तिसुरक्षालाई थप सहज बनाउनका लागि पिपिई सेट बितरण गरीएको उनले बताए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…