बेलबारीमा ४ जना र बिराटनगरका ६ सय ६६ जनाको कोरोना परिक्षण

बेलबारी । बेलबारी नगरपालिकाले ४ जना र विराटनगर महानगरपालिकाले ३ सय ९८ जनाको आरडिटी प्रविधिबाट साथै २ सय ४६ जनाको पिसिआर प्रविधिबाट परिक्षण गराएको छ ।
पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा १ सय २६ जनाको नतिजा आएकोमा २ जनाको पोजेटिभ आएको छ। १ सय २० जनाको नतिजा आउन बाँकी छ । आरडिटी गरिएकोमा ३ सय ९७ जनाको नेगोटिभ आएको थियो ।

एकजनाको पोजेटिभ आएकोमा पिसिआर परिक्षण गर्दा नेगेटिभ आएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । पीसीआर विधिबाट पोजेटिभ देखिएका दुवै जनाको कोरोना कोशि अस्पतालमा उपचार भइरहेको छ ।

यता केराबारी ९ देबीझोडाका ४ जनाको बुधबार बेलबारीमा आरडीटि गरिएको छ । उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । उपचारका शिलशिलामा काठमाण्डौ जानुपर्ने भएपछि उनीहरुको आरडीटि गरिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष बिकले जानकारी दिएका छन ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…