बेलबारीमा १ जना कोरोना संक्रमित भेटिएपछि नगरमा उच्च सर्तकता

बेलबारी । बेलबारीमा पहिलोपटक एकजना कोरोना संक्रमित भेटिएका छन । दिल्लीबाट असार ९ गते आएर क्वारेन्टाईनमा बसेका बेलबारी ५ का २२ बर्षिया युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।


क्वारेन्टाईनमा रहेको १८ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाईएकोमा १ जनाको रिपोर्ट पोजेटिभ आएको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले जानकारी दिईन । ति युवालाई कोभिड १९ अस्पताल बिाराटनगर पठाईएको छ । धिरनाथ संफुल माबि क्वारेन्टाईनमा रहेका १९ जना भने शुक्रबार घर फर्किएका छन ।

बेलबारी पहिलोपटक संक्रमित भेटिएपछि उच्च सर्तकर्ता अपनाईएको छ । संबेदनशिल मानिएका क्षेत्रबाट आएकाहरुलाई छुटटै राखेर,सामाजिक दुरी कायम राख्दै थप सर्तकता अपनाउने उपमेयर पराजुलीले बताईन । नगरबासीलाई बचाउने पहिलो दायित्व भएका कारण कसैलाई हतास र त्रसित नहुन आग्रह गर्दै उनले बैठक बसी थप निर्णयहरु गरिने समेत बताईन ।

तपाईको प्रतिक्रिया

Loading…