बेलबारीमा मेला,चाडपर्व र जमघटमा रोक

बेलबारी । नयाँ बर्षको आगमन सँगै बेलबारी नगरपालिका भित्र लाग्दै आएका बिभिन्न मेलाहरु सञ्चालनमा रोक लगाईएको छ । केरोना रोग रोकथाम बेलबारी नगर समन्वय समितिले नगर क्षेत्रभित्र लाग्ने मेला, चाडपर्व, र जमघट रोक्ने निर्णय गरेको हो ।

शनिवार बेलबारी नगरपालिकाका नगर प्रमुख तथा केरोना रोग रोकथाम बेलबारी नगर समन्वय समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको वैठकले उक्त निर्णय गरेको हो । बैशाख १ गते बेलबारीका विभिन्न स्थानमा मेलाहरु लाग्ने गरेका थिए । यस्तै बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउने समेत निर्णय गरेको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…