बेलबारीमा बैशाख १ देखि निशुल्क कोरोना परिक्षण

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले २०७७ बैशाख १ गते सोमबारदेखी कोरोना भाइरसको परिक्षण गर्ने भएको छ । स्वास्थ्य सामाग्री अभाव भइ परिक्षण गर्न समस्या भइरहेका बेला बेलबारीले निशुल्क कोरोनाको परिक्षण गर्न लागेको हो । परिक्षणका लागि चाहिने आवश्वयक स्वास्थ्य सामाग्हग्रीहरु ल्याइसकेको मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिएका छन ।

नेपाल भन्दा बाह्य देश बाट आएका तथा शंकास्पद ब्यत्तिहरुको परिक्षण गरीने मेयर सुवेदीले बताए । नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माका अनुसार १५ मिनेटमा नै रिपोर्ट आउने समेत उनले बताए ।

बेलबारीमा ६ जनामा कोरोना आशंका गरिएकोमा उनीहरुको रिपोर्ट नेगेभिट आईसकेको र बिदेशबाट फर्किएका ब्यत्तिहरुको कोरोना परिक्षण हुने बिकले बताए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…