बेलबारीमा बिजुलीको पोल सार्ने क्रममा करेन्ट लाग्दा ३ जना घाईते

बेलबारी / मोरङको बेलबारी ३ मा रहेको भगवती माध्यमिक बिद्यालय अगाडि पोल सार्ने क्रममा करेन्ट लागेर ३ जना घाईते भएका छन । बिद्यालय क्षेत्रमा रहेको पोल सार्ने क्रममा मंगलबार दिउँसो करेन्ट लागेर ३ जना घाईते भएका हुन ।

घाईते हुनेहरुमा बेलबारी ४ का रहेका छन । उनीहरुको नाम सार्बजनिक गरिएको छैन भने यस बिषयमा बिद्यालयको समेत कुनै औपचारिक धारणा बाहिर आएको छैन । घाईतेहरुको बिराटनगरस्थित नोबेल अस्पतालमा उपचार भईरहेको बुझिएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…