बेलबारीमा ठुलो परिमाणमा ब्राउनसुगर सहित दुई जना पक्राउ

बेलबारी । लकडाउनका समयमा ठुलो परिमाणको ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय बेलबारीले २ जनालाई पक्राउ गरेको छ । ३१ ग्राम ६९ मिलिग्राम ब्राउनसुगर सहित सिरहाको मिर्चैया नगरपालिका वाड नं ५ का वर्ष २४ का विजय कुमार मण्डल र वाड नं ३ का वर्ष २७ का सन्तोष सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

मङ्गलबार बेलबारी वाड नं ३ स्थित पूर्वपश्चिम राजमार्ग बेलबारी बजारमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक गुणराज बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको शंकास्पद दुईजना सवार प्रदेश नम्बर २–०१००१ प २६७२ नम्बरको मोटरसाइकल रोकी चेकजाच गर्दा उक्त लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जनाएका छन् । मोटरसाइकल पछाडि सवार विजय कुमार मण्डलले आफ्नो दाइने खुट्टाको मोजाभित्र लुकाई राखेको अवस्थामा ब्राउनसुगर बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएका छन् भने लागुऔषधको साथमा लकडाउनमा सवारी अनुमति दिएको विभिन्न ३ निकायको सिफारिस १र१ पाना, २ थान मोबाइल र रु।२ हजार ५ सय बरामद भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…