बेलबारीका १ सय परिवारले पाउने भए नयाँ घर

बेलबारी / बेलबारी नगरपालिकाले गरिव तथा असाहय १ सय परिवारलाई घर बनाईदिन सुरु गरेको छ । सहारा नेपाल, र ह्याविटेड नेपालको सहकार्यक्रमा नगरपालिकाले घर बनाइदिन थालेका हो ।

घर बनाउन बेलबारी ११ वाट सुरु गरिएको छ । आइतवार एक कार्यक्रमका विच वडा नम्बर ११ लक्ष्मीमार्गमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले घर शिलान्यास गरेका छन् । ५ वटा वडामा पहिलो चरणमा घर बनाइने मेयर सुवेदीले बताए । गरिव, असाहय, एकल,दलित तथा पिछडा वर्गहरुलाई घर बनाइदिन थालिएको उनले बताए ।

लामो समय देखि घर बनाएर बस्न नसक्ने परिवारलाई पहिलो चरणमा घर बनाइदिन थालेका हौँ । उनका अनुसार बेलबारीका १,२,३,४,र ११ नम्बर वडामा घर बनाइने छ । ३ लाख मुल्य बराबरको घर बनाउन लागिएको हो । नगरपालिकाको १ लाख ५० हजार सहारा नेपाल र ह्याविटेड नेपालको १ लाख र श्रमदान सहित ३५ देखी ५० हजार सम्मको श्रमदानका घरहरु निर्माण गरिने छ ।
११ नम्बर वडामा ३७ वटा घर बनाइने छ भने अन्य ५ वटा वडामा ६३ वटा घर बनाईने नगरपालिकाको कार्यालयले जनाएको छ । टिनको छानो भएको तिन कोठे घर निर्माण गर्न लागिएको छ । भुई ढलाई गरेर पक्की पिल्लर राखेर घर बनाइने नगरपालिकाले जनाएको छ । घर पाउने भएपछि स्थानिय समेत हर्षित भएका छन् ।

करिब १ महिना भित्रमा घर बनाई हस्तान्तरण गर्ने सहारा नेपालको छानो कार्यक्रमका कन्ट्रिलिडर टिपि शर्मा कँडेलले बताए । विभिन्न स्थानिय तहसँगको साझेदारीमा ६ सय वटा घर निर्माण गरिएको साहारा नेपालका अध्यक्ष महेन्द्र कुमार गिरीले जानकारी दिए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…