बिराटचाेक घिनाघाट चारलेन सडक अनुगमन

सुन्दरहरैंचा / प्रदेशकै गौरवको योजनाका रुपमा रहेकाे विराटचोक घिनाघाट फोरलेन बाटोको अनुगमन गरिएको छ । प्रदेश सांसद राजकुमार ओझाको अगुवाईमा एक टोलीले बन्दै गरेको बाटोको हरैचादेखी विराटचोक सडकखण्ड अवलोकन गरेको हाे ।

अनुगमनका क्रममा भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचिव राजेश घिमिरे, डिई राजेश श्रेष्ठले द्रुत गतिमा भईरहेको कामको अवलोकन गर्दै फोरलेन सडकमा पर्ने ढल, खानेपानी, बिधुत पोल र पैनीबारे भएका जनताका केहि समस्या तथा गुनासो समेत सुनेका थिए । बाटो निर्माण हुँदै गर्दा परेका समस्याहरु राख्ने महत्त्वपूर्ण अवसर दिलाएकोमा सांसद ओझासँग जनताले खुशी प्रकट गरेका छन् ।

फोरलेन बाटो बन्दै गर्दा आसपासका जनताहरु निकै खुशी देखिन्छन् । प्रदेश सरकारले राजधानी जोड्ने मुल सडकको रुपमा विराटचोक घिनाघाट बाटोलाई अघि बढाएको छ । एक अर्ब चालीस करोडको लगानीमा बन्दै गरेको २० किलोमिटर सडकको २०७६ भदौ २३ गते मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए ।

अनुगमनमा सुन्दरहरैचा नगरपालिका उपमेयर धनमाया तामाङ, वडाध्यक्षहरु राजेश थापा, रोशन ढकाल, बिसनलाल चौधरी , काेसीहरैंचा उधोग बाणिज्य संघका अध्यक्ष नवराज चापागाईं, नेकपाका नेताहरु सुरेन्द्रबहादुर थापा, मातृका ढकाल लगायत स्थानीय सराेकारवालाहरुको समेत सहभागिता रहेको थियो ।

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका समचार सम्याेजक हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरहरैंचामा विभिन्न संघ संस्था तथा व्याक्तिले प्रदान गरेकाे राहतलाई बाड्न शुरु

पाथिभरा तथा पराेपकार महिला समाजद्वारा राहत सामग्री प्रदान

प्राज्ञ उपेन्द्र पागलकाे अवसानले अपूरणीय क्षति

इटहरीकाे पिसजाेन स्कुलकाे बार्षिकाेत्सव सम्पन्न (तस्विरहरू सहित)

कृषि तथा औद्योगिक विकासका लागि विराट एक्स्पो २०७६

बिराटचाेक घिनाघाट चारलेन सडक अनुगमन

सुन्दरहरैंचाका होटलहरुमा खाद्य प्रविधिकाे अनुगमन : ढाँटी झुक्याई अखाद्य वस्तु विक्रि वितरण नगर्न निर्देशन

सुकुना क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न

सुन्दरहरैंचामा आफ्नो छुट्टै पहिचान बनाउदै बाजेको सेकुवा

यस्ताे रह्याे सुविजीमुर मा.वि.काे सरस्वती पुजा (तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया

Loading…