बर्जुका ६ हजार परिवारलाई राहत बाडिदै

इनरुवा / सुनसरीको बर्जु गाउँपालिकामा ६ हजार बढी परिवारलाई राहत वितरण गरिदै छ । गाउँपालिकाको कार्यालयले वडागत रुपमा राहत वितरणको काम अघि बढाई सकिएको जनाएको छ ।

प्रमुख प्रशासकीय नवराज कार्कीका अनुसार विपन्न, गरिव र ज्याला मजदुरी गरी पेट पाल्दै आएका परिवारको पहिचान गरी खाद्यान्न सामाग्री वितरण थालिएको हो । कार्कीका अनुसार भिडभाड हुन नदिन सावधानी अपनाई दुरी कायम गरी वडागत रुपमा राहत वितरणको क्रम थालिएको छ ।

६ हजार २ सय १८ परिवारलाई राहत वितरण गर्ने लक्ष राखेको गाउँपालिकाले पहिलो चरणमा आज आइतबार ४ हजार ९ सय ९३ परिवारलाई राहत वितरण गरिसकिएको जनाएको छ । बाँकी रहेका १ हजार २ सय २५ परिवारलाई वितरण गर्ने राहतको तयारी पुरा भैसकेको र सोमबार वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले लक डाउनका कारण मारमा परेका विपन्न र गरिव परिवारलाई २० किलो चामल, २ किलो दालका साथै तेल १ लिटर र नुन १ किलोका दरले उपलब्ध गराइएको जनाएको छ । गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीका अनुसार वडास्तरबाट संकलन गरिएको विवरणको आधारमा गरिव तथा विपन्न परिवालाई राहत वितरण गरिएको हो । उनले राहत वितरणलाई प्रभावकारी र पार्दशी बनाइएको बताए ।

६ वटा वडा रहेको बर्जु गाउँपालिकाको कार्यालले कोरोना भाइरस विरुद्धको सचेतना सँगै पूर्व सावधानी लगायतका गतिविधिहरु जारी राखेको जनाएको छ । उसले गाउँबासीहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह समेत गरेको छ । गाउँपालिकाले राहत कोषमा सहयोग गर्न सर्वसाधारणमा आग्रह समेत गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गर्दै गाउँबासी लगायत इच्छुक दाताहरुलाई राहत कोषमा सहयोगका लागि उसले अपिल गरेको छ ।

गाउँपालिकाको कार्यालयका अनुसार प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गर्नकालागि एन.आई.सी. एसिया बैंक बर्जुमा खाता संचालनमा ल्याइएको छ ।
बैंकको खाता नम्बर द्दद्धघब्ऋछण्ण्ज्ञडटज्ञडण्ण्द्द मा सहयोग रकम जम्मा गर्न सकिने गाउँपालिका कर्मचारी तथा राहत व्यवस्थापन कोषका सम्पर्क व्यक्ति सन्तोष बञ्जाराले बताए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…