फाल्गुण भित्र धरानकाे खानेपानी समस्या समाधान

धरान / धरान उपमहानगरपालिकाको उप निर्वाचन पश्चात पहिलाे पटक बसेको नगर सभाले धरानमा रहेको खानेपानी समस्या समाधान फाल्गुण भित्रै गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको मंसिर १४ गते भएको उप निर्वाचन पश्चात पहिलो पटक फागुन २ र ३ गते सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा बसेको नगरसभाले धरानमा बर्षेनी समस्या हुदै आएको खानेपानी समस्या समाधानार्थ फागुन मसन्तभित्र नेपाल खानेपानी संस्थानलाई उपमहानगरपालिकाको खानेपानी बार्डमा लगी नगरपालिकाले खानेपानीको समस्या समाधान गर्ने भएको हो ।

नगरसभाको निर्णय प्रस्तुत गर्नुहुदै नगरप्रमुख तिलक राईले धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि खानेपानी संस्थालाई बोर्डमाहत ल्याई समस्या समाधान गर्ने बताउनुभयो । यस्तै उपमहानगरपालिकाले विनियोजन ऐन २०७६ का अनुसूचिहरुमा केही शंसाधन गरेको जनाएको छ । बजेट अभावका कारण धरान नगरका गौरवका योजनाहरु अलपत्र परेकोले यस आर्थिक बर्षमा नगरको गौरवमा परेको योजनाहरु धरान ३ मा रहको जल्पा रोड, धरान १६ मा रहेको जनपथ र धरान १५ मा रहेको आधासडकलाई पूर्णता दिने जनाएको छ । यसका लागि प्रदेश सरकारले ३ करोड ५७ लाख रुपैया सहयोग गर्ने प्रमुख राईले बताउनुभयो ।

यस्ता तीनकुने सुन्दरबस्ती जग्गा एकीकरण आयोजष्नाका समस्या समाधान प्रक्रिया अगाडि बढाउने, नगर क्षेत्रका सडक मर्मतको लागि दीगो संयन्त्रको विकास,व्यवस्थापन गर्ने, धरान उपमहानगरपालिकाको सेवा सम्बन्धि ऐनको निर्माण गरिएको समेत उहाले बताउनुभयो । धरान उपमहानगरपालिकाको कार्यपालिका सभाहलमा आयोजना भएको पत्रकार सम्मेलनमा नगरसभाले गरेका सम्पूर्ण कामकाे फेरिस्त नभई झारा टराई तरिकाले प्रेस विज्ञप्ती प्रकाशित गरेको सो अवसरमा सञ्चारकर्मीहरुले आरोप लगाएका थिए । पत्रकार सम्मेलन कै क्रममा सञ्चारकर्मीहरुले नगरसम्मलनका विस्तृत कुरा प्रस्तुत नगरी सार्वजनिक गरिएकोले खाली यो सूचनाको रुपमा मात्र आएको प्रतिक्रिया दिएका थिए ।

सम्मेलनमा सहभागी सञ्चारकर्मीहरुले नगरपालिकाले शुरु गरेका गुरु योजना जस्तै सप्तरंगी पार्क, लखन थापा हेल्थ पार्क जस्ता भौतिक संरचना निर्माण पूरा नभई लथालिंग अवस्थामा रहेको, खानेपानी परियोजनाको म्याद सकिए निर्माण सम्पन्न नगरेको बोर्डलाई हस्तान्तरण नगरी बोर्डले खानेपानी खुवाउनु जायज कि नजायज जस्ता कुरा सञ्चारकर्मीहरुले उठाएका थिए । यस्तै धरानको बसपार्कमा विवाद समाधान भइसकेका बताइरहदा नगरसभाका एउटा बुदामा सुन्दर्बस्ती जग्गा एकीकरण आयाजना समसया समाधानको प्रक्रियामा अगाडि बढाउने बुदाले बसपार्कको विषयमा अन्यौलता देखिएको सञ्चारकर्मीहले सो अवसरमा बताएका थिए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…