पुल नबने निर्वाचन बहिस्कार गर्ने चेतावनी

केराबारी । मोरङको केराबारी गाउँपालिका ९ घगरु बेलचौरी जोड्ने तुर्के खोलाको पुल निर्माण ७ वर्षदेखि अलपत्र भएपछि स्थानीय आक्रोशित भएका छन् । पुल अलपत्र पारेर ठेकेदार बेपत्ता भएपछि स्थानीयले पुल नबने निर्वाचन नै बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।

चार वर्षमा सक्ने सम्झौता भएको पुलको ७ वर्षमा २० प्रतिशत पनि काम नभएको उल्लेख छ । वडाध्यक्ष भुपतिन्द्रप्रताप मल्लले पुल नहुँदा घँगरु, लाख, विराजे, भालुगौंडा, खयरबारी, भलुवा, डाँडा टोलका नागरिक समस्यामा छन् । पुल नहुँदा जोखिम मोलेर खोला तर्नु पर्ने बाध्यता रहेको छ । स्थानीयले ठेकेदार खोजीदिन मुख्यमन्त्री शेरधन राईलाई समेत भेट्न गएका थिए ।

तर भेट्न नपाएपछि यही वर्ष पुल नबने निर्वाचन नै बहिस्कार गर्ने चेतावनी दिएका छन् । तीनवटा बस र ४० वटा मोटरसाइकलमा उनीहरु केराबारीदेखि मुख्यमन्त्री कार्यालय विराटनगर गएका थिए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…