पाथिभरा महिला समाजद्वारा माक्स र साबुन वितरण

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित पाथिभरा स्वतन्त्र महिला समाजको आयाेजनमा विश्वव्यापी कोरोना भाइरस कोभिड १९को संक्रमणको रोकथामका लागि सचेतना मूलक जानकारीका साथमा समाग्री वितरणकाे कार्यक्रम गरिएको छ ।

सुन्दरहरैंचाकाे ५ को मुसहर बस्ती,वडा नं.२को चौधरी बस्ती तथा वडा नं. ९ को मुस्लिम बस्तीमा सर्जिकल माक्स लगाउने,साबुनपानीले हात धुने तथा व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता सचेतना मुलक अभियान संचालन गरिएको आयाेजक समाजकी अध्यक्ष प्रमिला दुलालले बताइन । उनले कार्यक्रममा माक्स र हात धुने साबुन समेत सेवा अनि सहयाेगकाे भावनाले बालबालिका लगायत सबै उमेर समुहलाई वितरण गरिएको हुँदा काेराेनाकाे संक्रमणबाट आफु पनि बच्न अरुलाई पनि बचाउँन जरुरी रहेकाे उल्लेख गरिन ।

कोरोना भाइरस कोभिड १९को संक्रमणको रोकथाम गर्न सचेतनामुलक कार्यक्रमका लागि पाथिभरा स्वतन्त्र महिला समाजले, संस्थाकी अध्यक्ष दुलालको नेतृत्वमा १५जना सदस्यको टोलि मार्फत सचेतना मूलक कार्यक्रमका साथमा समाग्री वितरण गरेकाे हाे ।

बिपदको समयमा आवश्यकता अनुसारको सहयोग गर्नु पर्दछ भन्ने उद्देश्यले अहिलेको यो बिश्व भरि फैलिएको महामारी कोरोना भाईरसको संक्रमणबाट सर्वसाधारणलाई जाेगाउँन र सकारात्मक जनचेतना फैलाउँनका लागि समेत कार्यक्रम गरिएको अायाेजक समाजकी सहसचिव सुनिता ढकाल पाेखरेलले बताइन ।

पाथिभरा स्वतन्त्र महिला समाजकाे चाहाना, समुन्नत तथा आदर्श समाजकाे स्थापना भन्ने नाराका साथमा विगत केही बर्ष देखि महिला दिदिबहिनीहरुकाे सहभागितामा स्थापना भएको यस संस्थाले छाेटाे समयमा विविध सेवामूलक काम गरि अघि बढेकाे समाजकी सचिव वुन्दा थापा दाहालले जानकारी दिइन।

Loading…

तपाईको प्रतिक्रिया

Loading…