पाथिभराकाे तेस्रो वार्षिक साधारण सभा सम्पन्न

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १० स्थित पाथिभरा स्वतन्त्र महिला समाजको तेस्रो वार्षिक साधारण सभा काेसीहरैचा उवासकाे सभाहलमा सम्पन भएको छ । कार्यक्रममा पाथिभरा स्वतन्त्र महिला समाजकी अध्यक्ष प्रमिला दुलालले बार्षिक प्रगति विवरण तथा अागामी कार्य याेजना प्रस्तुत गरेकी थिईन । उनले आफ्नो प्रतिवेदनका क्रममा महिला दिदी बहिनीहरुको सहभागितामा सामाजिक तथा क्षमता विकासका लागी महिला समाजको स्थापना भएकोले यस समाजबाट बिभिन्न किसिमका कार्यक्रमहरु गर्ने गरिएको जानकारी गराईन । कार्यक्रममा समाजकी कोषाध्यक्ष योजना शर्मा ढकालले आर्थीक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन ।

कार्यक्रममा महिला समाजकाे काम प्रती प्रभावित भएर समाजमा प्रवेश गर्ने नयाँ ५ जना महिला सदस्यहरु लाई स्वागत सम्मान गरिएको थियो । महिला समाजको साधारणसभा कार्यक्रममा नव सदस्य बालिका सिटौला , समाजकी सल्लाहकार कमला मास्के तथा मुना गजुरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम समाजकी सचिव विन्दा दाहाल थापाकाे सन्चालनमा सम्पन्न भएको थियाे ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

पाथिभराकाे तेस्रो वार्षिक साधारण सभा सम्पन्न

विराट एक्स्पाे २०७६ हुने

सुन्दरहरैंचा आइडलको सेमिफाइनलमा छानिए १० प्रतिष्पर्धी

स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

हाजिरीजवाफ प्रतियोगितामा स्कोलर्स होम प्रथम

सुन्दरहरैंचा राधाकृष्ण रथयात्रामा जे देखियाे… ( १९ तस्विरहरू)

बिराटचोकमा नयाँ कर नितिबारे अन्तरक्रिया

सुन्दरहरैचाको शुक्रबारेमा सिद्वार्थ गौतम बाल स्तम्भ

सुन्दरहरैंचामा विराट साहित्य समाजकाे साहित्यिक कार्यक्रम सम्पन्न

स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया

Loading…