कोरोनाको शंकामा कतारबाट आएका ताप्लेजुङका थेवेलाई क्वारेनटाइन पठाईयो

पथरी । पथरीशनिश्चरेमा एक ब्यत्ति कोरोना आशंकामा वडाध्यक्षको सम्पर्कमा आएका छन । ताप्लेजुङ घर भएका थेवेले पथरीशनिश्चरे १ का वडाध्यक्ष बाबुराम एङदेनलाई सो कुरा बताएपछि उनलाई क्वारेन्टाइनमा पढाईएको छ । फ्रान्सबाट काठमाडौ आएकी युवतीको काठमाडौंको टेकुमा उपचार भइरहेको समचार आएपछि थेबे आफ्नो सम्पर्कमा आएको वडाध्यक्ष एङदेनले बताए ।


फ्रान्सबाट आएकी युवती सँगै कतारबाट सोही उडानमा आएका २८ वर्षीय थेवे काठमाडौको सदिक्षा गेष्ट हाउसमा एक दिन बसि चैत ६ गते पथरीशनिश्चरे आएका थिए । ६ गते देखि बहिनी ज्वाईकोमा बस्दै आएका थेबेलाई स्वास्थ्य परीक्षणको लागि मोरङको टाँडीमा नेपाल आर्मीले तयार पारेको क्वारेनटाइनमा पठाइएको छ । उनको घर ताप्लेजुङ भए पनि पथरीमा बहिनी ज्वाइँको घरमा बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

Loading…