पथरीमा जंगली हात्ती आतंक,आधा दर्जन बढी घरमा क्षति


पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १० मा स्थित जिरिखिम्ती टोलमा बुधबार राती जंगली हात्तीले आधा दर्जन बढी घरमा क्षति पुर्याएको छ ।

स्थानीय योगमाया घिमिरेको घरको भित्ता हात्तीले भत्काएको छ । यस्तै खडानन्द खतिवडाको घर दिवाल भत्काएर ठुलो क्षति पुर्याएको छ । त्यसैगरी पुष्प दर्जी, इन्द्रबहादुर कार्की, चन्द्रमाया दियाली र नरबहादुर कटुवाल लगायतको घरमा हात्तीले क्षति पु¥याएको हो । राति ५ वटा समूहमा आएको हात्तीले ति घरहरुमा क्षति पु¥याएको हो ।

क्षतिग्रस्त घरहरुमा नगर प्रमुख दिलिप कुमार राईले विहिबार अनुगमन समेत गरेका छन् । नगर प्रमुख क्षति भएको घर घरमा पुग्दा स्थानीयहरुले हात्ती आएको र क्षति पुर्याएको बारे विस्तृत जानकारी गराए । जंगली हात्तीले धान, मकै ,घरेलु मदिरा लगायतका सामानहरु नष्ट गर्नुका साथै घरका भित्ताहरु भत्काएको थियो ।

मेयर सहित पथरीशनिश्चरे नं. १ का अध्यक्ष बाबुराम ऐङ्देन, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेत र इलाका प्रहरी कार्यालय पथरीको टोली क्षति भएको सबै घरमा पुगेका थिए । यस्तै हात्तीले क्षति पु¥याएको स्थानको निरीक्षण गरिसकेपछि नगर प्रमुख दिलिप कुमार राईले क्षति भएका परिवारलाई राहतको व्यवस्था गरिने बताएका छन । केही दिनयता जंगली हात्ती समुहमै सो क्षेत्रमा देखा पर्न थालेपछि त्रास समेत फैलिएको छ ।

तपाईको प्रतिक्रिया