नौमति बाजा संरक्षणमा जुटदै बेलबारी नगरपालिका

बेलबारी । बेलबारी नगरपालिकाले लोपोन्मुख नौमती बाजा संरक्षण गर्न थालेको छ । बाजालाई लोप हुन नदिनका लागि नगरपालिकाले खरिद गरेर परिवार सेवा समाज बेलबारीलाई हस्तान्तरण गरेको छ ।


सोमवार नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले परिवार सेवा समाज बेलबारीलाई नौमती बाजा तथा कपडा हस्तान्तरण गरेका छन । बाजा सञ्चालनका माध्यमबाट रोजगारीको सुजना गर्ने, युवा पुस्तालाई नौमती बाजामा रुचीको विकास गर्ने लगायताको बिकास गर्नका लागि नौमति बाजा र ड्रेस हस्तान्तरण गरीएको नगर प्रमुख सुवेदीले बताए ।

नौमति बाजाको संरक्षणवाट नगरमा आन्तरिक तथा वाह्य पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने विश्वास समेत लिएको नगर प्रमुख सुवेदीले बताए । नौमति बाजाका साथ नौमति बजाउने हरुलाई एक एक थान कपडा बितरण गरीएको छ । नौमति बाजा लिदै परिवार समाजले संरक्षण सगै आम्दानी गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया

Loading…