नेविसंघ सुन्दरहरैंचाद्वारा खाद्यान्न सामग्री हस्तान्तरण

सुन्दरहरैंचा / सरकारले लागू गरेको एकद्वार प्रणालीको समर्थन गर्दै, ने.बि संघ सुन्दरहरैँचाद्वारा खाद्यान्न सामग्री हस्तान्तरण भएको छ । कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनको विषम परिस्थितिबाट अति गरिव परिवारलाई केही राहत पुगोस भन्ने उदेश्यले नेपाल बिद्यार्थी संघ सुन्दरहरैँचा नगर समितिले ३ सय ४० के.जी चामल सुन्दरहरैँचा नगरपालिकालाई हस्तान्तरण गरेकाे संघका सभापति गोपाल कार्कीले बताए ।

नगरपालिकाकाे राहत बितरण प्रणालीलाई समर्थन गर्दै, ने.बि संघ नगर सभापति गोपाल कार्की, उप-सभापति प्रमिला ढकाल, सचिव निश्चल घिमिरे, नगरसह सचिव मदन भण्डारी , नगर सदस्य जीवन कोइराला लगायतले उक्त खाद्यान्न सामग्री सुन्दरहरैँचाका नगर प्रमुख शिवप्रसाद ढकाल मार्फत हस्तान्तरण गरेका थिए ।

उक्त राहत हस्तान्तरण कार्यक्रममा ने.बि संघका नेता अर्जुन गजुरेल तथा ने.बि संघ क्षेत्रीय सदस्य जम्सेद आलम लगायतकाे सहभागिता रहेकाे थियाे ।सुन्दरहरैंचा नगरपालिकाले राहत संकलन गरेर १२ वटा वडा कार्यालय मार्फत एकद्वार प्रणाली बाट राहत वितरण भएको नगर प्रमुख ढकालले बताए।

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका समचार सम्याेजक हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरदुलारी उवास मार्फत सुन्दरहरैंचामा कार्यरत पत्रकारकाे बिमा

पिएलओद्वारा सुरक्षाकर्मीलाई समाग्री वितरण

घरघरमा सागसब्जी पुऱ्याउँदै सुन्दरहरैँचाका युवा

पिएलओद्वारा ह्विलचेयर वितरण तथा रक्तदान कार्यक्रम सम्पन्न

सुन्दरहरैंचामा सामुदायिक विद्यालयद्वारा राहत प्रदान

लकडाउनमा यस्तो देखियाे सुन्दरहरैंचा (२६ तस्विरहरू)

नेविसंघ सुन्दरहरैंचाद्वारा खाद्यान्न सामग्री हस्तान्तरण

सुन्दरहरैंचामा प्याब्सनद्वारा राहत समाग्री प्रदान

पूर्वाञ्चल ल्युब आयलद्वारा राहत सामग्री प्रदान

सुन्दरहरैंचामा विभिन्न संघ संस्था तथा व्याक्तिले प्रदान गरेकाे राहतलाई बाड्न शुरु

तपाईको प्रतिक्रिया

Loading…