धरानमा आगलागी हुदा २ घर जलेर नष्ट

इटहरी / सुनसरीको धरान उप-महानगरपालिका-१४ बिजयपुरमा आगलागी हुदा २ घर जलेर नष्ट भएका छन् । आज बिहान पौने १० बजे आगलागी हुँदा स्थानीय बिष्णु राईको तथा छिमेकी कमल राईको समेत घर जलेर नष्ट भएकाे हाे । बिष्णु राईको घरबाट ग्यास लिक भई अचानक आगलागी भएकाे बताइएकाे छ । आगलागीबाट अन्दाजी २२ लाख ७७ हजार बराबरको क्षति भएको छ ।


आगलागीबाट दुबै घरमा रहेको खाद्यान्न, लत्ता कपडा लगाएत सम्पुर्ण समान जलेर नष्ट भएको छ । आगलागी धरान उप-महानगरपालिकाको दमकल, प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा बिहान सवा ११ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…