त्रियुगामा नगर देखि घरघरसम्म लागु औषध विरुद्धको अभियान

उदयपुर / त्रियुगा नगरपालिकाले लागु औषध विरुद्धको तीन महिने अभियान सुरुको घोषणा गरेको छ । त्रियुगा नगरपालिकाको “अपराध रहित समाज निर्माणका लागि, नगदेखि घर–घर” भन्ने मुल नाराको साथ शुक्रबार अभियानको घोषणा भएको हो । त्रियुगा नगरपालिका र समुदाय प्रहरी साझेदारीको आयोजना तथा नागरिक समाज, पत्रकार, गैसस महासंघ, त्रियुगा उद्योग बाणिज्य संघ र म अघि बढ्छु सगमाथा टिम्स क्लव प्रदेश सरकार सहकार्यमा पहिलो पटक २१ दिन देखि तीन महिनासम्म अभियान संचालन हुने छ ।


लागु औषध दुव्र्यसनिले देशको भविष्यलाई नै विग्रार्ने भएकाले सवै सचेत भई समाजबाट निर्मूल पार्नु पर्ने प्रहरी नायव महानिरिक्षक (डिआईजी) १ नम्बर प्रदेश प्रमुख ठाकुरप्रसाद ज्ञवालीले बताए । लागु औषधमा समातेर मुद्दा चलाउनु कानुनि दायरामा ल्याई थुन्नु मन नभएको डिआईजी ज्ञवालीले बताए । पछिल्लो समयमा आएर दुव्र्यसनिमा युवापिडी जुन देशको भविष्य अर्थात कर्णदार बढी संलग्न भएकाले समाजको सोच परिवर्तन गरी समाजबाट नै निर्मुल पार्नु पर्नेमा यस अभियानले ठूलो टेवा पु¥याउने डिआईजी ज्ञवालीले बताए । लागु औषध दुव्र्यसनि नियन्त्रण गर्नका लागि शिक्षक शिक्षिकाले भुमिका खेल्नु पर्ने आग्रह समेत गरेका छन् ।

जुन शारिरीक मानसिक विकास हुने अधिकांश समय विहानदेखि बेलुकिसम्म विद्यालयमा शिक्षक शिक्षिकासँग समय वित्ने भएकाले त्यहिबाट यस अभियानको सुरुवात हुन जरुरी भएको डिआईजी ज्ञवालीले बताए । उनले भने लागु औषधले घरपरिवार, समाजदेखि मुलुकलाई नै सखाप पार्ने चिज हो । त्यसैले आमा वुवाले आफ्नो छोरा छोरीको व्यावहारमा ख्याल गरी आएको परिवर्तनलाई नियाल्नु पर्ने डिआईजी ज्ञवालीले बताए ।

यस अभियानलाई सफल बनाउन सवैको उतिकै साथ सहयोगको आवश्यता भएकाले समाज परिवर्तन गर्नका लागि तन मन लागएर सवै पक्ष लाग्नु पर्ने डिआईजी ज्ञवालीले बताए ।
नगरपालिकाले देखेको सपना र गरेको परिकल्पना नगर सभाले पारीत गरेकाले अव वडा–वडाबाट लागु हुने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । नगरको प्रत्येक घर सुरक्षीत राख्नका निम्ती तथ्याङ् संकलन गरेर नगर अगाडी बढेको मेयर चौधरीले बताए ।

लागु औषध दुव्र्यसनि जस्तो विभिन्न कारणले सामाज गरिब भएको मेयर चौधरीले बताए । शिक्षामा परिवर्तन गरी शिपमुलक शिक्षा लागु गर्नु पर्ने जरुरी छ । यस्ता समाजको कुसस्कारहरुलाई हटाउनका निम्ति अभियान नै संचालन गर्न लागेको मेयर चौधरीले बताए । लागु औषध अपराध रहित समाज निर्माण नभईन्जेल निरन्तर अभियान जारी रहने मेयर चौधरीले बताए । अभियानमा सवै पक्षले साथ सहयोग गर्न आग्रह समेत गरका छन् ।

यस अभियानलाई सफल बनाउनका निम्ति जिल्ला प्रशासन कार्यालय सधै तयार रहेको प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताए । अभियनले बोकेको उद्देश्य र लक्ष्य प्राप्तिको लागि सवै पक्षको साथ सहयोगको खाँचो भएकाले सवै पक्ष लाग्न सुल्झाएको छ ।

जिल्लाले यस्तै अभियानको रुपमा खुल्ला दिशा मुक्ता, पूर्ण साक्षर जिल्ला घोषणा जस्ता महत्वपूर्ण कुरा प्राप्ति गरीसकेकाले यस अभियानले पनि सफलता पाउने प्रजिअ खड्काले बताए । सेवनमा नव युवा लिप्त भएको पक्राउ र मुद्दाको तथ्याङकले देखाउछ । यस्ता दुव्र्यसनि तोड्नु पर्ने जरुरी रहेको प्रजिअ खड्काले बताए । जिल्लामा प्र्रत्येक तीन घरमा एक घरमा लागु औषध दुव्र्यसनि भएको तथ्याङ्कले देखाएको प्रजिअ खड्काले बताए । यस लागु औषध दुव्र्यसनि समाज र देशको लागि चिन्ता जनक र तनाव पूर्ण भएको प्रजिअ खड्काले बताए । त्यसैले अभियानले समाजको सोच परिवर्तन गरी नियन्त्रण गर्नका लागि सवै पक्ष लाग्नु पर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

Loading…