झापा १ मा २६ योजनालाई ६ करोड

बिर्तामोड / स्थानीय पूर्वधार विकास साझेदारी कार्यक्रमका लागि झापामा ३० करोड रुपैयाँ बजेट भित्रिएको छ । संघीय सांसद मार्फत चालू आर्थिक वर्ष २०७६-०७७ का लागि प्रत्येक निर्वाचन क्षेत्रमा ६-६ करोड रुपैयाँ वजेट भित्रिएको हो । आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि सरकारले निर्वाचित सांसदलाई पूर्वाधार विकासका क्षेत्रमा खर्च गर्ने गरी रकम उपलब्ध गराउँदै आएको छ । निर्वाचित सांसदले अहिले सोही रकमबाट आफ्नो निर्वाचन क्षेको विकासका लागि धमाधम सो रकम खर्च गरिरहेका छन् । कतिपय सांसदले आफ्नो पहुँचको आधारमा समेत झापामा पर्याप्त वजेट भित्र्याएर धमाधम विकास निर्माणका काममा खर्च गरिरहेका छन् ।


झापा आफैंमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हो । त्यसमा पनि झापा ५ बाटै प्रधानमन्त्री ओली निर्वाचित भएका कराण आफ्नो निर्वाचन क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी वटेज थुप्रिएको छ । औद्योगिक पार्क लगायतका महत्वपूर्ण कामका लागि प्रधानमन्त्री आफैं लागि परेका छन् । विभिन्न देशसंग सहयोग माग्दै विभिन्न विदेशी कम्पनी मार्फत झापा क्षेत्र नम्वरको ५ को विकासका लागि महत्पवूर्ण गुरु योजना तयार गरेर देशकै ठूलो औद्योगिक पार्क निर्माणको चरणमा छन् प्रधानमन्त्री ओली । आफ्नो निर्वाचन क्षेत्र भएकाले पनि देश भित्रकै सवै भन्दा बढी बजेट झापा भित्रिएको छ । यो झापावासीका लागि गर्वको विषय भएको सरोकारवालाले बताउँदै आएका छन् ।

प्रदेश सांसदले समेत आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि उत्तिकै भूमिका निर्वाह गरिरहेका छन् भने स्थानीय तहले आफ्नो पालिकको विकासमा पनि उत्तिकै ध्यान दिएका छन् । चालू आर्थिक वर्षमा मात्रै झापामा विकास निर्माणका लागि अरवौं रुपैयाँ भित्रिएको छ ।

स्थानीय विकास साझेदारी कार्यक्रमका लागि झापा क्षेत्र नम्वर १ मा संघीय सांसद राम कार्की पार्थ मार्फत भित्रिएको ६ करोड रुपैयाँ के मा खर्च गरिँदै छ त ?कार्की भन्छन् – चालू आर्थिक वर्षका लागि २७ वटा योजनामा ६ करोड रुपैयाँ खर्च हुँदैछ । झापा क्षेत्र नम्वर १ को समग्र विकासका लागि यो रकम केही होइन तर, विकास क्रमागत रुपमा हुने भएकाले यस पटक २७ वटा योजनामा ६ करोड रुपैयाँ खर्च गरिँदैछ कार्कीले भने – अन्य योजनापनि थुप्रै छन् विषयगत मन्त्रालयबाट ति योजनाको कामका लागि समेत वजेट आएको छ ।

स्थानीय विकास पूर्वाधार कार्यक्रमका लागि आएको रमकले मेचीनगर १ सरुगौडा राज पैनी र हिले खोला कल्भर्ट निर्माणमा १० लाख रुपैयाँ वजेट विनियोजन गरिएको छ । त्यस्तै आईमान राई गाउँको राई कुलो निर्माणका लागि समेत १० लाख रुपैयाँ रकम खर्च गरिने भएको छ । मेचीनगर – २ र ४ मा रहेको शात्ती रिसोर्टदेखि नेकपाको पार्टी कार्यालय उत्तर वसन्त चौक हुँदै वौद्ध मोड जोड्ने सडक(पहिलो खण्ड पार्टी कार्यालयबाट वौद्ध मोड वाटो स्तरोन्नित) दोस्रो खण्ड( हात्ती रिसोर्टदेखि कार्यालय ड्रेन तथा वाटो स्तरोन्नति)का लागि ५० लाख रुपैयाँ वजेट विनियोजन भएको छ ।

मेचीनगर – ३ मा रहेको खमारे चोसे ड्रेन निर्माणका लागि १० लाख, सोही वडाको सहिद प्रतिष्ठान निर्माण तथा स्तरोन्नितिका लागि १० लाख, वडा नम्वर ४ को चौकी लानइनबाट देविगञ्ज वडा नम्वर १ जोड्ने वाटो ग्राभेल तथा स्तरोन्नतिका लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । मेचीनगर ३,४ र ५ नम्वर वडामा काँकरभिट्टा खानेपानी पाइप लाइन विस्तार (त्रिवेणी टोल, धिमाल गाउँ,चापागाई फ्याक्ट्री)का लागि १५ लाख मेची नगर ६ मा रहेको पूर्व प्रगति टोल क्याप्टेन यज्ञवहादुर मार्ग कालोपत्रे गर्न ५० लाख मेचीनगर ७ लोकमार्ग सेवक मार्ग हुँदै गोकुल मार्ग जोड्ने सडक सडक कालोपत्रे गर्न ५० लाख रुपैयाँ वजेट विनियोजन भएको बताइएको छ ।

त्यस्तै मेचीनगर ८ र ५ जोड्ने निर्माणाधीन अधुरो घैलाडुब्बा कालीखोला पुल निर्माणका लागि १५ लाख रुपैयाँ वजेट विनियोजन भएको छ । मेचीनगर ५ मा रहेको थोप्लेविरान वालुवाटार जाने वाटोमा अधुरो कल्भर्ट ÷राजु धिमालको घर हुँदै पूर्व जाने वाटो निर्माणका लागि १५ लाख , कृषि संग्राहलय भवन निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

भानु आधारभूत विद्यालय पश्चिम नागरडुब्बा खोलामा अधुरोपुल निर्माणका लागि २५ लाख र लोवाडी लुवान्दांगी सडक स्तरोन्नतिका लागि १० लाख रुपैयाँ वजेट विनियोजन गरिएको कार्कीका स्वकीय सचिव शिवु वुढाथोकीले जानकारी दिए । त्यस्तै मेचीनगर १२ मा थीरवम पथ सडक वाँकी कालोपत्रेका लागि ५० लाख , मेचीनगर १३मा काजीमार्ग फूलवासा खोलामा अधुरो पुल निर्माणका लागि ३० लाख मेचीनगर १४ मा पुष्पलाल मार्ग नगर्दुव्वा पुल निर्माणका लागि ५० लाख रुपैयाँ वजेट विनियोजन भएको छ ।

त्यस्तै धुलावारी खानेपानी पाइपलाइन विस्तार मेनपा १० खोरीवारीबाट ज्यामिरगढी शान्तिडाँडासम्का लागि १० लाख , मेचीनगर १५ को डिर्गेन प्रावि छेउ अधुरो कल्र्भट निर्माणका लागि १० लाख वजेट विनियोजन भएको छ ।

त्यस्तै भद्रपुर ९ मा हात्ती नियन्त्रणका लागि २० लाख, भद्रपुर १०को देवनिया खोला उत्तर जंगल सिमानामा सोलार वत्ती जडानका लागि २० लाख र वुद्धशान्ति ४ मा मंगलवारे न्यू एभरग्रीन स्कूलदेखि झ्याङ्गेचौक सडक ग्राभेलका लागि ५० लाख वुद्धशान्ति ५ मा सारु गाउँ ढकाल गौडा सडक नाली निमाृणका लागि १० लाख वुद्धशान्ति ६ मा सामुदायिक स्वास्थ्य इकाई घेरावेरा – भुइ निर्माणका लागि १० लाख सुन्दरी खोल्सा कल्र्भट निर्मँण÷गढीगाउँ स्कूलबाट चुल्ठे जाने सडक ओरालोमा पक्की ढलानका लागि १० लाख , वुद्धशान्ति ७ मा रहेको राष्ट्रिय विजय मावि घेरावेराका लागि १० लाख र मेचीनगर १५ तथा अन्य वडामा आदिवासी जनजाति, दलित , महिला उत्थानका लागि ऐतिहासिक, सांस्कृतिक, साहित्य , कला एवम् पुरातात्विक सम्पदा र पर्यटकीय स्थलको संरक्षण जीर्णाेद्वारा तथा निमाृण आयोजनाका लागि २६ लाख ७० हजार र जिल्ला समन्वय समिति प्रशासनीक र खर्चका लागि ३ लाख ३० हजार रुपैयाँ खर्च गरिने स्वकीय सचिव वुढाथोकीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading…