जाडोमा तातो, सुत्केरीलाई भाले, स्कुल नपढ्ने परिवारलाई कुनै पनि सुबिधा नदिने : वडाध्यक्ष तामाङ

पथरी / जाडोका कारण स्कुल जानबाट बन्चित बिध्यार्थीहरुलाई स्कुल जान अभिपेरित गदै मोरङ पथरीशनिश्चरे वडा नं. ६ का वडाध्यक्ष जय बहादुर तामाङले लुगा बितरण गरेका छन । चिसो बढे संगै मुसर समुदायमा रहेका बालबालिकाहरु परालको घुर ताप्ने स्कुल नजाने समस्या आए पछि तामाङले दाउरा र न्यानो लुगा वितरण गरेका हुन ।


तामाङ मुसरको घर घरमा गई बालबालिकाहरुलाई आफैले लुगा लगाई खुशि दिएका छन । साना देखि ठुला सम्मका सबैलाई छानि छानि लुगा बितरण गरेका तामाङले न्यानो महसुस गर्न आगो ताप्न दाउरा समेत वितरण गरेका छन । लुगा बितरण गर्दै वडाध्यक्ष तामाङले स्कुल नजाने र नपठाउने परिवारलाई कुनै पनि सुबिधा नदिने बताए ।

तामाङले आफ्नो वडामा मुसर समुदाय रहेको र जाडोमा समस्या हुने भएकाले बर्षभरी जाडोका कपडा संकलन गरी बितरण गर्ने गरेका छन । तामाङले मुसर समुदायलाई प्राथमीक्तमा राखि सैर्य चुलो, मिनि इन्भोटर, दाउरा र सिरक बितरण गर्दै आएका छन भने चाँड पर्वमा खाद्यन्य बितरण गर्दै आएका छन । त्यस्तै तामाङले मुसर समुदाय भित्र सुत्केरी भएका महिलालाई सुत्केरी उपहार लोकल भाले दिने गरेका छन ।

तपाईको प्रतिक्रिया

Loading…