जनयुद्ध दिवसमा सरसफाई

पथरी/ जनयुद्ध दिवसको अवसरमा मोरङको उर्लाबारीमा बृहत सरफाई कार्यक्रम गरिएको छ । भ्रमण बर्ष २०२० प्रचार प्रसारमा सहयोग गर्ने उदेश्यका साथ बेतना सिमसमर क्षेत्रमा सरसफाई अभियान भएको हो । नेपाल कम्यूनिष्ट पार्टी निकट राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटीले उर्लाबारी–२ स्थित बेनिति सिमसार क्षेत्रमा सरसफाई कार्यक्रम गरेको हो ।


उर्लाबारीको पर्यटकीय क्षेत्रको रुपमा स्थापित वेतिनी सिमसारलाई सफा र सुन्दर बनाउने अभियानलाई सार्थकता बनाउन सरसफाई कार्यक्रम गरिएको उर्लाबारी नगर संयोजक राजिब लिम्बूले जानकारी दिए । १ सय भन्दा बढी युवाहरुको सहभागितामा भएको सरसफाई कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, प्रहरी, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

जनयुद्ध दिवसको अवसरमा सरसफाई अभियानको सुरुवात भएको र त्यसलाई निरन्तरता दिने योजना बनाएको सह–संयोजक योगेश बस्नेतले जानकारी दिए । राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटी रचनात्मक कार्य गर्दै अघि बढ्ने उनको भनाई छ । सरसफाई अभियानलाई सार्थकता बनाउन सबै नागरिक जिम्मेवार बन्न जिल्ला सदस्य एबं उर्लाबारी वडा नं. ३ का जनप्रतिनिधि भीष्म बुढाथोकीले आग्रह गरे ।

तपाईको प्रतिक्रिया

Loading…