जनप्रतिनिधीको खर्चमा सडक मर्मतपछी पाँचखपनमा ४ महिनापछी बस सेवा सञ्चालन

पाँचखपन / पाँचखपन नगरपालिकाका जनप्रतिनिधिहरुको निजी खर्चमा सडक मर्मत भएपछी बस सेवा सञ्चालन भएको छ । नगरपालिकाका मेयर विपिन राई र वडा नं. १ का अध्यक्ष टेक बहादुर बुढाथोकीको संयुक्त खर्चमा सडक मर्मत भएपछी बस सञ्चालनमा आएको हाे ।

वर्षायाम लागेसंगै गत असार १५ देखि ठूला तथा साना सवारी साधन आवत जावत बन्द भएको थियो । हेवाँ खोलामा पक्की पुल नहुँदा सवारी आवागमनमा समस्या भएको थियो । तर वर्षायामले खोलामा बिग्रीएको बाटो र सडक मर्मत गरेपछी बस सेवा सुरु गरिएको बुढाथोकीले बताए । आइतबार र सोमबार हेवाँ खोलामा इस्काभेटर प्रयोग गरी बाटो मर्मत गरेपछी आइतबार धरानदेखि चैनपुर हुँदै पाँचखपन एउटा बस र बाह्रबिसे अर्को बस आइपुगेको बुढाथोकीले बताए ।

यसअघि राई र बुढाथोकीले असोज १७ गते देखि भ्याकुलोडर प्रयोग गरेर शनिबार सडक मर्मत सम्पन्न गरेको थियो । उक्त सडक मर्मतमा दुई लाख रुपैंया व्यक्तिगत खर्च भएको उनीहरुको भनाई छ । उनीहरुले नगरपालिकाका मुख्य सडकखण्डहरु बडहरेनी–वाना, वाना–बिहिबारे, बिहिबारे–चुङखुरुङ, चैनपुर–बाह्रबिसे सडकखण्ड अन्तर्गतको वाना–ओक्तेन सडक मर्मत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…

Loading…