गाेठगाउँकाे श्री शिव पञ्चायन मन्दिरमा महायज्ञ सम्पन्न

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा ७ गोठगाउँमा श्री शिव पाञ्चायन मन्दिरकाे विकासका निमित्त फागुन १२ गतेसम्म भएको श्रीमद्भभागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक विधि पूर्वक भव्य रुपमा सम्पन्न भएको छ ।

मन्दिरका लागि थप जग्गा खरिद,जेष्ठ नागरिक चौतारी , विवाह मण्डप तथा मन्दिरको भौतिक संरचना निर्माण साथै मर्मत सम्भार लगायतकाे उदेश्य राखि पुराण आयोजना गरिएकाे थियाे । महायज्ञमा दाताहरुबाट अार्थिक सहयाेग समेत राम्रो जुटेकाे साथै ५० लाख संकलन भएर २० लाख खर्च भएको अायाेजक समितिका महासचिव नागेश पोखरेलले बताए । उनले मन्दिरकाे विकास तथा ज्ञान महायज्ञका लागि १ लाख भन्दा माथि सहयाेग गर्ने दाताहरुमा भक्तिप्रसाद सिटौला , नागेश पाेखरेल , खड्का श्रेष्ठ, राजकुमार श्रेष्ठ , सुमन तिम्सिना , विशाल खरेल , देवीप्रसाद पराजुली , हीरा भट्टराई तथा टाेमबहादुर श्रेष्ठ लगायत रहेको जानकारी दिए ।

महायज्ञमा शिव पञ्चायन मन्दिरलाई विगत बर्षमा १ कठ्ठा भन्दा माथि जग्गा दान गर्ने सहयाेगी मनका धनी व्यातित्व देवीप्रसाद पराजुलीलाई दाेसल्ला अाेडाएर सम्मानपत्रद्वारा कार्यकाे प्रशङ्सा गरि विशेष सम्मान समेत गरिएको थियाे । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पाेष्ठकुमार श्रेष्ठले सार्वजनिक महायज्ञ, पुराण भएकोले भव्य र सभ्य रुपमा सबैकाे साथ सहयाेग बाट सम्पन्न भएको बताए । उनले महायज्ञकाे अवसरमा पुराण वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलकाे मुखारविन्दबाट कथा वाचन साथै उपवाचकमा पण्डित वासुदेव पोखरेल रहेका जानकारी दिए ।

श्रीमद्भाभागवत सप्ताह ज्ञान महायज्ञकाे प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले विधिवत उद्घघाटन गरेका थिए । महायज्ञकाे अवसरमा नेपाली काग्रेसका केन्द्रीय सदस्य शेखर काेइराल , पूर्व मन्त्री लालबाबु पण्डित , साँसद लाेकप्रसाद सग्राैंला , राजकुमार अाेझा , नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ लगायतकाे समेत सहभागिता रहेकाे थियाे । महायज्ञमा प्रत्येक दिन कथा प्रवचन ,बेलुकाकाे समयमा महात्म्म , प्रवचन र भजन कीर्तन, साँझ विहानमा अारति , मण्डव पूजा लगायत नियम बमाेजिक विधि पूर्वककाे अन्य धार्मिक कार्यक्रम भएको साथै टेन्ट संयाेजकमा राेशन खड्का विराटनगरले सहयाेग पु- याएकाे अायाेजक समितिका सहसंयाेजक केशवबहादुर भट्टराईले बताए । महायज्ञमा मन्दिरकाे विकासका लागि धार्मिक तथा समाजिक महत्त्वलाई बुझेर अार्थिक रुपमा सहयाेग पु-याउँने दाताहरुलाई समितिकाे तर्फबाट सम्मान समेत गरिएकाे मन्दिर व्यवस्थान समितिका सचिव उज्जल न्याैपानेले जानकारी दिए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…