खानेपानी अध्यक्ष चौलागाईलाई उपमहानगरको सात दिने अल्टिमेटम

इटहरी / इटहरी उपमहानगरपालिकाले इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद चौलागाईलाई सरकारी जग्गा अतिक्रमण गरेको भन्दै ७ दिने अल्टिमेटम पत्र काटेको छ । सरकारी जग्गामा घर बनाएको भन्दै इटहरी ५ निवासी रामप्रसाद चौलागाईको घरमा ७ दिन भित्र जग्गा छोड्न निर्देशन पत्र टाँसेको हो ।

खानेपानी अध्यक्ष भएरै ऐलानी जग्गा हडप्दै आएको भन्दै इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद चापागाईद्धारा हस्ताक्षरित पत्र पठाईएको छ । सात दिन भित्र ऐलानी जग्गा खाली नगरे कानुन अनुसार कारवाहि गर्ने चेतावनी सहितको पत्र रामप्रसादको घरमा टाँसिएको हो । खानेपानी अध्यक्ष रामप्रसादले ब्यापाक भ्रष्टाचार गरेको भन्दै केहि समय अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले खानेपानीमा छापा मारेको थियो । अख्तियारले कागजात समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताएको छ ।

इटहरीका मेयर द्वारीकलाल चौधरीले सार्वजनिक कार्यक्रममै चौलागाईलाई भ्रष्टाचारी भन्दै दुई झापड हानेका थिए । लामो समय देखि ऐलानी जग्गा विवादमा मेयर द्धारिकलालले कुरा उठाउँदै आएका छन । सरकारी जग्गा हडपेको भन्दै केहि दिन अघि रामप्रसादलाई लिन नगर प्रहरी समेत पठाएको मेयरले स्वीकार गरेका छन ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…