खर्च घटाउन बैठक पछिको खान नखाने जनप्रतिनिधिको बाचा

पथरीशनिश्चरे नगरको मासिक १ लाख वढि खर्च घट्यो

पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिकाले खर्च घटाउन बैठक पछि नगर कुनै पनि जनप्रतिनिधीले नगरको पैसाबाट खाना नखाने भएका छन । नगरको खर्च बढ्दै गए पछि प्रमुख प्रशासकिय अधिकृत अम्विका प्रसाद धमलाको सल्लाहा बमोजिम बैठक पछि होटलमा गएर खाना खाने प्रचलन हटाउन सबै जनप्रतिनिधी मन्जुर भएका हुन । नगरले नगर बैठक राखेको समयमा भत्ता सहित खाना खुवाउदै आए पनि वडा नं। १ का वडाध्यक्ष बाबुराम एङदेन र नगर उप प्रमुख यमुना बिष्ट बास्तोलले भने नगरले खुवाउदै आएको खाना नखाएको स्वास्थ संयोजक मुरारी आचार्यले बताए ।

खाना संगै अन्य कुरा पनि खेने सोहि समयमा अन्य ब्याक्ती समेतले खाएर नगरको खातामा चडाउने प्रचलन बढ्दै गएकोले सबै जनप्रतिनिधीले धमलाको सल्लाहामा स्वकार गरेको जनप्रतिनिधीको भनाई छ । विस २०७१ सालमा नगरपालिका स्थापनाका साथै देश संघिय प्रणालीमा गएको र स्थानिय निर्वाचबाट चुनिएर आएका जनप्रतिनिधिले पनि लगभग ३ वर्षको अवधि पार गरिसेका छन् । खानाको पैसा कटैती गर्दा सानो तिनो बिकास निमार्ण हुने प्रस्ताप आए पछि जनप्रतिनिधीले प्रमुख प्रशासकिय अधिकृत धमलालाई साथ दिएका हुन । यो ३ वर्षको अवधिमा यो सुविधामा लग भग ३०÷३५ लाख रुपैया खर्च भै सकेको छ । २० वर्ष पछिको निवाचित भएर आए जनप्रतिनिधीहरु नयाँ र प्रभावकारी योजनाको सिकाईमा रहेका छन ।

स्थानिय तहमा महिनामा ३ देखि ५ वटा सम्म बैठक बस्ने गर्दछ । जसमा बैठक सकिए पछि सबै नगर सभा सदस्यहरुको लागि होटलमा खाना तयार हुन्थीयो ।
एक पटकको बैठकमा लगभग २५ देखि ३० हजारको खर्च हुने गरेको थियो । तर २०७६ बैशाखवाट आफ्नो कार्यभार सम्हालेका धमलाले जनप्रतिनिधिहरु संग सल्लाहा गर्दा सकरात्मक भएकाले खाना कटैति गरेको धमला बताउछन ।

एक अनौपचारिक कुराकानीमा धमलाले भन्नुभयो– “नगरसभाको बैठकबाटै खाना खाने कर्य हटेकाले मासिक रुपमा कम्तिमा १ लाख भन्दा वढि रकम बचत हुन आएको छ ।” प्रमुख प्रशासकिय अधिकृत धमलाले नगरको १० लाख भन्दा माथिका सम्पूर्ण योजनाहरु ठेक्का मार्फत गर्ने प्रस्ताप समेत नगरसभाले स्वकृत गरेको गरेको छ । ठेक्कामा सोही काम घटाघटमा हुँदा रकम बचत हुने भएकाले यो चालु आर्थिक वर्षमा मात्रै पनि २ करोड भन्दा बढी रकम बचत भएको धमलाले बताउनुभयो । साथ साथै अहिले सार्वजनिक पद धारण गरेका कुनै पनि कर्मचारीहरुले कुनैपनि योजनाको उपभोक्तामा बस्न नपाउने निर्णय समेत नगर सभाले पास गरेको छ ।

योजनाहरु समिति मार्फत जादा पनि ठेकेदारकै हातमा पर्ने तर जवाफदेहिता समिति हुने हुनाले कावाहीको दायरामा ल्याउन नपाईने धमलाको भनाई छ । धमला भन्छन “समिति संग दक्ष प्राबिधिक योजना र कामको ज्ञान हुदैन भने प्रकृया पनि नपुर्याउने गरेको बताए । खाना र ठेक्कामा जनप्रतिनिधीको सहि निर्णयले आगामी नगर परिषदमा २ करोड माथिको नयाँ योजना आउने धमलाले जानकारी दिए । जनप्रतिनिधीको यस्तै साथ र सहयोग पाए बाँकी रहेको ४ बर्षे सरकारी जागिर पछि पनि सम्मान मिल्ने धमलाको आसय छ । निती र कानुनका आधारमा काम गर्दै जादा कसैको दुई पैसा नखाएको र खान नदिने बरु जनताकै हितका लागि लगाउने धमलाले बताए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…