कोरोनाबाट बच्न आमनगरबासीलाई यस्ताे आग्रह (सुचना सहित)

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा र बेलवारी नगरपालिकाले कोरोना भाईरस (कोभिड–१९) बाट बचेर उच्च सतर्कता अपनाउन नगरवासी हरुलाई जरुरी सुचना मार्फत विशेष अनुराेध गरेका छन् ।


दुबै छिमेकी नगरपालिकाले सार्बजनिक सुचना प्रकाशित गरी सो रोगबाट बच्न र संक्रमण देखिएको शंका लागेमा स्वास्थ्य संस्था जान समेत आग्रह गरेका छन ।
नगरबासीहरुलाई सुचना जारी गरि प्रेस विज्ञप्ति मार्फत काेराेना भाईरसबाट अाफु पनि बच्न र अरुलाई पनि बचाउँन जनहितका लागि जारी सन्देशका साथ आग्रह गरेका हुन ।

हालसम्म विश्वका ७२ देशहरुमा देखा परेको काेराेना भाईरस बारेमा सतर्क रहन तथा अनावशेक हल्लाकाे पछि नलागी नगरवासीलाई नडराउँन अग्रह समेत गदै जरुरी सुचना जारी गरिएको सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालले बताए । सुन्दरहरैंचा तथा बेलवारी नगरपालिकाद्वारा जारी गरिएको कोरोना भाईरसकाे बारे अत्यान्त जरुरी सूचना यस प्रकार रहेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…