किवानिज क्लब अफ ईटहरीद्वारा छात्राहरुलाई साइकल वितरण

इटहरी । समयमै विद्यालय आउन सहयोग पुगोस भनेर विद्यालय भन्दा टाढा घर भएका सामुदायिक विद्यालयमा अध्यन गर्ने इटहरीका ६ जना विद्यार्थीहरुलाई साइकल प्रदान गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीहरुलाई बालबालिकाका क्षेत्रमा काम गर्दै आएको किवानिज क्लब अफ ईटहरीले ईटहरी २० तरहरामा रहेको जनसहयोग माध्यमिक विद्यालयमा अध्यनरत ६ जना छात्राहरुलाई अन्तराष्ट्रिय स्तरको गैरसरकारी संस्था किवानिज इन्टरनेशनलले साइकल उपलव्ध गराएको हो ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अध्ययनका लागि विद्यालय आउन जान सहयोज होस भनेर साइकल वितरण गरिएको किवानिज इन्टरनेशनलकी बेली रुइज ले वताइन । विद्यार्थीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी किवानिज इन्टरनेशनलकी बेली रुइज , किवानिज क्लब अफ ईटहरीका अध्यक्ष किरण पराजुली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बस्नेत लगायतले साइकल वितरण गरेका थिए ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने केही विद्यार्थीहरुको घर विद्यालय भन्दा टाढा भएको कारण समयमै आउन र जान नसक्ने अवस्थाका विद्यार्थीहरुलाई लक्षित गरी साइकल वितरण गरिएको किवानिज क्लब अफकी कोषाध्यक्ष मनिता तामागंले वताइन । साइकल पाएपछि विद्यालय आवत जावत गर्न सहज हुने कक्षा ९मा अध्ययनरत निसा राईले वताइन । किवानिज इटहरीको पहलमा अघिल्लो वर्ष पनि इटहरीका दुई सामुदायिक विद्यालयमा अध्ययन गर्ने केही विद्यार्थीहरुलाई साइकल वितरण गरिएको जनाइएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…