इटहरी जेसीजकाे अध्यक्षमा सुवेदीकाे उम्मेदवारी

इटहरी / इटहरी जेसीजको ३२ औं शाखा अधिवेशन यहि पौष २१ देखि पौष २२ गतेसम्म हुने भएको छ । अधिवेशनका लागि अहिले विभिन्न पदहरुमा उम्मेदवारी दिन उम्मेदवारहरु लागी परेका छन् ।


इटहरी जेसीज बर्ष २०२० काे अध्यक्ष पदका लागि इटहरी–६ निवासी जेसी सुमन सुवेदी तथा अर्का उम्मेदवार इटहरी –९ का युवा उम्मेदवार जेसी माधव भट्टराइको प्रतिस्पर्धा चलेको छ । जेसीजकाे अध्यक्षमा सुवेदीकाे अहिले निकै चर्चा छ । सुवेदी वितत केही बर्ष देखि विभिन्न शैक्षिक संस्थाहरुमा कार्यरत भै शिक्षासेवीकाे रुपमा परिचित छन् । उनी इटहरी जेसीजमा बर्ष २०१३ देखि अावद्व हुदै राम्रो ज्ञान र अनुभव हासिल गरेर अहिले सुन्दरहरैचामा रहेकाे साजिलाल मा वि काे असल प्राध्यापक समेत हुन ।

अध्यक्ष पदका लागि उमेद्धवारी दिएका सुवेदी अहिले चुनावी अभियानमा व्यस्त छन । वि.सं. २०४१ सालमा संखुवासभामा जन्मिएका सुवेदी अहिले इटहरी ६ मा बस्दै आएका छन । लगनशील भै कर्ममा विश्वास गरेर मानवताकाे सेवा र शिक्षाबाट मूलुककाे हित अनि प्रगति हुन्छ भन्ने मान्यता राख्ने सुवेदीले एम.वि.एस, बि.एड, एल एल बि उत्तीर्ण गरेका छन् । सामाजिक काममा पनि निकै सक्रिय सुवेदीले गत साल पनि इटहरी जेसीजको अध्यक्ष पदमा उम्मेदवारी दिएकाेले सहमतिमा अाफुले अध्यक्ष पद छोडेकाे तर यो पटक अाफु नै अध्यक्ष हुने अात्माविश्वास भएको पूर्वेली न्यूज सँगकाे कुराकानीमा बताए । सुवेदीले जेसीज सदस्यहरुको मत तान्नका लागि भन्दा पनि राम्रो कामबाट अरुकाे मन जितेर जेसीजकाे मर्म र अास्था अनुसार कार्य सम्पादक गरि अघि बढ्न अाफुले उम्मेदवारी दिएको बताए । उनले जेसीजबाट प्राप्त उपलब्धिकाे संस्थागत विकासका लागि अाफ्नाे उम्मेदवारी रहेकाे उल्लेख गरे । सुवेदीले युवाहरुको क्षमताको विकासका लागि समेत अाफुले उम्मेदवारी दिएकाले नेपाल सरकारले भ्रमण बर्ष २०२० को आयोजना गर्दै गरेको याे समयमा इटहरीमा पनि अन्तरिक तथा व्याह् पर्यटक भित्राउंन आँफूले अहम् भूमिका खेल्ने बताए ।

सुवेदी इटहरी जेसिजकाे संघसंस्था समन्वय संयोजक बर्ष २०१४, उपाध्यक्ष २०१५, कार्यकारीणी उपाध्यक्ष २०१६, महासचिव २०१७, कानुनी सल्लाहकार २०१८ तथा २०१९ मा कोषाध्यक्ष भए । जेसीजकाे कार्य अन्तर्गत नेपाल अधिराज्य भरिका विभिन्न जेसीज शाखाहरुको भ्रमण गरिसकेका सुवेदी अन्य जेसीज शाखाहरुसँग समेत मित्रवत रुपमा अात्मिय व्यावहार गरि नजिक छन् । आफ्ना जेसीज सदस्यहरुसंग निकै नजिक रहेका मिलनसार स्वभावका धनी सुवेदीले जेसीजमा देखाइएको आफ्नो सक्रियताका कारण विभिन्न विधामा पुरस्कृत समेत भइसकेका छन् । सुवेदीले इटहरी जेसीजबाट सबै भन्दा धेरै तालिममा सहभागि भए बापत, मिठू स्मृती अवार्ड २०१४, गुड्डु स्मृती अवार्ड २०१५ (उत्कृष्ट शाखा पदाधिकारी) रन्दता स्मृती अवार्ड २०१६ (संसदीय सभा प्रणालीमा उत्कृष्टटा )हरीहर स्मृती अवार्ड २०१७ (उत्कृष्ट ककस प्रस्तुती) बाट पुरस्कृत भै सकेका छन ।

तपाईको प्रतिक्रिया

Loading…