इटहरी उपमहानगरद्धारा डेङ्गु नियन्त्रण गर्न विषादी छर्कने, बेलुका सात बजे सम्ममा खाना खाएर घरभित्र बस्न आग्रह

इटहरी  / इटहरी उपमहानगरपालिकाले डेङ्गुरोग को प्रकोप नफैलियोस भनेर सर्तकता अपनाउदै लामखुट्टे मार्ने विषादी छर्कन सुरु गरेको छ ।उपमहानगरले आज अाइतबार बेलुका देखि लामखुट्टेमार्ने विषादी छर्कने भएको छ । आज एकै दिनमा दुइवटा गाढीबाट इटहरी- ४ भरि विषादी छिट्ने उपमेयर लक्ष्मी गौतमले बताइन् ।


उनका अनुसार २० दिनभित्र सवै वडामा छर्कने काम सकिने छ । उपमहानगरले इटहरी- ४ का बासिन्दालाई बेलुका सात बजे सम्ममा खाना खाएर घरभित्र बस्न आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया

Loading…