इटहरीका मेयरले चुनावको र छोराको विवाहको रिन तिर्न ४५ लाख मागेको खुलासा

इटहरी । इटहरीका मेयर द्वारिकलाल चौधरी र इटहरी खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईबिचको विवाद चुलिएको छ । नेकपा नेता तथा इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईँले इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले चुनावको क्रण र छोराको विवाहको क्रण तिर्न ४५ लाख रुपैँया मागेको खुलासा गरेका छन् ।

शुक्रबार मेयर चौधरीले नगर प्रहरी खटाएर चौलागाईँलाई पक्राउ गर्न लगाएको समाचार बाहिरिएसँगै चौलागाईँले फेसबुक स्टाटसमार्फत साे कुरा सार्वजानिक गरेका हुन् । यस्ताे छ चौलागाईँकाे स्टाटस ।

हद भएसी रामप्रसाद चौंलागार्इँ प्रति आज इटहरी मेयर द्वारिक चौधरी हर्कत, श्रद्धेय क. माधव नेपालको पार्टी कार्यक्रममा निषेध, इटहरी छाड्न आदेश र इटहरीमा सदैब प्रवेश निषेध, ७ दिन भित्र घर भत्काउन आदेश, नगर प्रहरीलाइ पक्रन आदेश र मेरो घर र इटहरी खानेपानी अफिस सर्च र न.पा. खानेपानी काउन्टर सात दिन भित्र हटाउन िनर्देश । के भन्नु हुन्छ अादरणिय जनसमुदय ? यो सब खानेपानीको लागि ३ ठॉउ १७, १६ र १० नं. वडामा जग्गा किन्दा ४५ लाख रक़म माग्नु भयो, चुनावको क्रण र छोराको विवाहको क्रण तिर्नु छ ४५ दे भन्नु भयो तर यो म बाट सम्भव छैन भनेसी मैले तेरो कारणले ३ कट्ठा जग्गा ७२ लाखमा बेचि क्रण तिरें अब म देखाइ दिन्छु । मेयर चौधरीले गत जेष्ठ २ गते काठमाडौँको अनामनगरमा तँ बाहुन अब मेयर कसरी बन्छस् भन्दै याे अवस्था अायाे।

Loading…

तपाईको प्रतिक्रिया

Loading…