अनाथ बालवालिकाले पाए न्यानाे कपडा

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा विराटचाेक स्थित पाथिभरा स्वतन्त्र महिला समाजकाे अायाेजनामा न्यानाे कपडा वितरणकाे कार्यक्रम सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामी मन्दिर विराटचाेकमा भएको कार्यक्रम साेही मन्दिरका अध्यक्ष कृष्णप्रसाद वास्ताेलाकाे प्रमुख अतिथीमा भएको थियाे । कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिर बाल सेवा आश्रममा रहेका अनाथ बालवालिकाहरु लाई अावश्यक सामाग्री सिराने तथा ट्रक सुट समेत वितरण गरिएकाे थियाे । कार्यक्रममा मन्दिरका जेष्ठ माताजीहरुलाई न्यानाे अाेडने कपडा वितरण गरिएको थियाे ।

कार्यक्रममा वितरण गरिएको समाग्रीहरुकाे साैजन्य अायाेजक महिला समाज तथा समाजका उपाध्यक्ष कल्पना दाहाल र समाजका सहसचिव सुनिता पाेखरेल ढकालले गरेका थिए । कार्यक्रममा स्थानीय ब्राइट फ्यूचर मा. वि काे कक्षा ४ मा अध्यायनरत १० बर्षिय बालिका सायना ढकालले अाफ्नाे जन्मदिनकाे अवसरमा मन्दिरकाे अनाथ अाश्रममा रहेका केही बालवालिकाहरु लाई विद्यालय सामाग्री तथा न्यानाे कपडा समेत वितरण गरेकी थिईन । समाजमा रहेर मान्छे भएर जन्मे पछि स्वतन्त्र पूर्वक सामाजिक काम गर्ने उदेश्यले विगत केही बर्ष अघि स्थापना भएको महिला समाजले विभिन्न कामहरु गर्दै अघि बढ्न सफल भएको अायाेजक समाजकी अध्यक्ष प्रमिला दुलालले बताईन ।

कार्यक्रममा समाजका सल्लाहकार सदस्य मुना गजुरेल , स्थानीय अगुवा श्यामप्रसाद अाचार्य , मन्दिरका संचालक अन्जना माता लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अायाेजक समाजका काेषाध्यक्ष याेजना शर्मा ढकालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमकाे संचालन समाजका सचिव विन्दा दाहाल थापाबाट भएको थियाे ।

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

इटहरीकाे पिसजाेन स्कुलकाे बार्षिकाेत्सव सम्पन्न (तस्विरहरू सहित)

कृषि तथा औद्योगिक विकासका लागि विराट एक्स्पो २०७६

बिराटचाेक घिनाघाट चारलेन सडक अनुगमन

सुन्दरहरैंचाका होटलहरुमा खाद्य प्रविधिकाे अनुगमन : ढाँटी झुक्याई अखाद्य वस्तु विक्रि वितरण नगर्न निर्देशन

सुकुना क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न

सुन्दरहरैंचामा आफ्नो छुट्टै पहिचान बनाउदै बाजेको सेकुवा

यस्ताे रह्याे सुविजीमुर मा.वि.काे सरस्वती पुजा (तस्विरहरू सहित)

इन्द्रपुर जेसीज तथा जुनियर जेसीजकाे पदस्थापन समाराेह सम्पन्न

ट्रमा सेन्टरका लागि बेलबारी नगर प्रमुखले २ विगाह जग्गा दिने घोषणा

बेलबारी प्रहरीकाे तारिफ याेग्य काम : चाेरी भएको माेटरसाईकल बरामद माेवायलहरु जिम्मा

तपाईको प्रतिक्रिया

Loading…