अछामकी एक क्यान्सर पीडित किशोरीको उपचारमा सहयोग गर्न अपिल

अछाम / अछामकी एक क्यान्सर पीडित किशोरीको उपचारमा सहयोग गर्न स्थानीय स्तरबाट उठेको आर्थिक सहयोग आइतबार अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत क्यान्सर पीडित किशोरीलाई हस्त्तान्तरण गरिएको छ । सामाजिक संजाल र अन्य माध्यमबाट उपचारका लागि युवाहरुले सहयोगको अपिल गरेका थिए ।


ढकारी गाउँपालिका ६ मोयकांडा कि १८ वर्षिया मनसरा बुढाको उपचारमा आर्थिक संकट देखिएपछि सहयोग गर्न अपिल गरिएको थियो । क्यान्सर पीडित मनसरा बुढा ढकारी ६ ढुङ्गाचाल्नामा रहेको श्री अष्ट सिद्धि मा बि मा कक्षा ११ मा अध्यनरत थिईन उनी बिगत एक वर्ष अघिदेखि बिरामी भैरहेको हुदापनि गाउँघरमा अन्धबिस्वासका कारण ले धामीझाँक्री कै पछि लागेर पनि सन्चो नहुँदा अछामकै जिल्ला अस्पतालमा चेकजाँच गरेपछि अस्पतालका अनुसार निजको पिसाब मा समस्या रहेको बताएका थिए । उक्त अस्पतालको औषधिले पनि काम नगरेपछि थप उपचारका लागि नेपालगन्ज स्थित भेरी अस्पतालमा लगिएको थियो त्याहा चेक गराउदा पनि स्पष्ट रिपोर्ट नआएपछि उनलाई पुनः उपचारका लागि भारत को लखनउ मा लगिएको थियोे र त्याहां चेकजाँच गर्दा उक्त अस्पतालमा रहेका डा।ले मनसरा बुढालाइ क्यान्सर भएको पुष्टि गर्नुभयो ।

उनको सामान्य घरपरिवारले भारतमा उपचार गर्न नसक्ने भएपछि उहाँलाई मर्नुन बांच्नु भएको थियो । यो कुरा उहाहरुले थाहा पाएपछी ससहयोगी मनहरुकै पहलमा नेपालको भरतपुर चितवन स्थित बि। पि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ल्याइएको थियो बिरामीको बुवा ११ बर्ष अघिनै बितिसकेकोले पनि उनको घरपरिवारलाई आर्थिक जुटाउन निकैनै समस्या भएको हुँदा उहाँका आफन्त देबेन्द्र बुढा र भुपेन्द्र बुढाले सामाजिक संजाल फेस्बुक र छरछिमेक मा क्यान्सर पीडित मनसरा बुढा बचाउ अभियान संचालन गरि साथीहरूलाई सेर र सहयोगको अपिल गरेका थिए । उक्त सउपचाररत किशोरीको लागि मंगलसेन नगरपालिका (५का युवा रिदम बिसी र जगत वडले पनि सामाजिक संजाल मार्फत थाहा पाएपछि रिदम, जगत ज्वैलेन्द्र र पार्बती बिस्ट जि आफुले र अभियान संचालन गरेर संकलन गरेको ६५ हजार १ सय ३५ रुपैयाँ र ढकारी गाउँपालिका वडा न।६ का युवा समाजसेवी एवम् मनसरा कु बुढा बचाउ अभियानका अभियान्ता भुपेन्द्र बहादुर बुढा र देबेन्द्र बहादुर बुढाले देशबिदेश तथा स्थानीय स्तरबाट संकलन गरेको सहयोग रकम रु १ लाख ५ हजार ४३ रुपैयाँ गरि जम्मा रुपैयाँ १ लाख ७० हजार १ सय ७८ रुपैयाँ बिरामी मनसरा बुढा र उनको घरपरिवारलाई हस्तान्तरण गरिएको हो । आइतबार नै क्यान्सर पिडित किशोरीलाई नेपाली नागरिकता प्रदान गर्दै अछामका प्रमुख जिल्ला अधिकारी पौडेलले पिडितको उपचारको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अभियन्ता बुढाका अनुसार यसअघि सहयोगी व्यक्तिहरुबाट प्राप्त भएको रकम रु २० हजार १२ रुपैयाँ किशोरीकी आमालाई बुझाइएको बताउनुभएको छ। हाल बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराईरहेकी बुढाको बायाँ खुट्टामा क्यान्सर देखिएको हो । उनका बुुुवाको निधन भैसकेकाले पनि पारिवारिकरुपमा समस्या रहेको हुँदा आफन्तको सहयोगले अस्पतालसम्म पुुुर्याइएको हो । पीडितका आफन्त समेत रहेका भुपेन्द्र बहादुर बुढा का अनुसार मनसराको उपचारमा करिब १० लाखसम्म खर्च लाग्ने छ । यसको लागि नागरिकस्तरबाटै सहयोगको अपिलमा जुटेको बुढाले बताउनु भयो । अहिले सम्म मनसरा बुढा को उपचारका लागि विभिन्न देशबिदेशबाट हाम्रो अभियानलाई साथ दिनुहुने सम्पुर्ण सहयोगि मनहरुलाई पनि हाम्रो तर्फबाट हृदय देखिनै हार्दिक धन्यवाद व्यक्त गर्दछौं । तपाईंको सहयोग कहिल्यै बिर्सने चैनौ ।

साथै क्यान्सर पीडित मनसराको जीवन बचाउन सहयोग गर्न चाहने महानुभावहरुले भुपेन्द्र बहादुर बुढा र देबेन्द्र बहादुर बुढाको सम्पर्क नम्बर क्रमशः ९८६५६४१५१०, ९८६९५५३८०४ मा सम्पर्क गर्न सक्ने उहाँले बताउनुभयो र क्यान्सर पीडित मनसरा बुढा संग सिधै कुरा गर्नचाहानुहुन्छ भने बिरामीको मो न। ९८४३०३६००९ र अङ्कलको ९८४२६८००३९ अथवा देबेन्द्र बहादुर बुढाको सिटिजन्स बैंक ढकारी अछामको खाता नम्बर ०७९०१०००००२१४०४१ मा रकम जम्मा गरी सहयोग गर्न सकिने उहाँको भनाइ छ ।
सामाजिक संजाल facebook मार्फत पनि जोडिन सक्नु हुन्छस् :
https://www.facebook.com/bhupendra.budha.31
https://www.facebook.com/debendra.chhetri.35
https://www.facebook.com/shaakar.bk
https://www.facebook.com/alina.bista.16

For Vedio पीडित किशोरीलाई हस्त्तान्तरण
For video :-

Posted by Ridam BC on Sunday, July 26, 2020

Posted by Ridam BC on Sunday, July 26, 2020

सबै सहयोगी मनहरु लाई धेरै धेरै धन्यवाद आज हामी अछाम जिल्ला प्रमुख पुण्य विक्रम पौडेल सर को हात बाट बिरामी फुपु मनसरा कुमारी बुढा लाई हसतान्तर

Posted by Debendra Bahadur Budha on Sunday, July 26, 2020

तपाईको प्रतिक्रिया

Loading…