बाह्रबिसे नगरपालिकाले सुत्केरीलाई एम्बुलेन्स भाडा दिने

सिन्धुपाल्चोक / मातृ तथा शिशु स्वास्थ्यलाई ध्यानमा राख्दै बाह्रबिसे नगरपालिकाले सुत्केरी हुने महिलाका लागि एम्बुलेन्स भाडा उपलब्ध गराउने भएको छ । समयमै स्वास्थ्य संस्थामा पुग्न नसकेर नगरका कोही पनि सुत्केरी महिलाले ज्यान गुमाउन नपरोस् भनेर नगरपालिकाले एम्बुलेन्स भाडा प्रदान गर्ने योजना अघि सारेको हो । नगरपालिकाको आकस्मिक कोषबाट एम्बुलेन्स भाडावा...