तीन दिनमा करेन्ट लागेर तीनको मृत्यु

सप्तरी / सप्तरीको बोदे बर्साइन नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बत्ती बाल्ने क्रममा बोदे बर्साइन–९ की ४० वर्षीया मिरकुन सदाको आज मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उहाँको उपचारका लागि बोदे बसाईन–५ स्थित जीवन दीप अस्पताल ल्याउने क्रममा मृत्यु भएको परिवारले बताएको छ । गत तीन दिनको अवधिमा यहाँ तीनजनाको करेन्ट लागेर म...

मिनीट्रक दुर्घटना : दुईको अवस्था गम्भीर

डोटी / जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ सुनगडामा बा२क २७३९ नंको मिनीट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार सो गाउँपालिकामा निर्माणाधीन मौरासेन सेती हाइड्रोपावरमा काम गर्ने कामदार लिएर आउँदै गरेका उक्त मिनीट्रक आज दुर्घटनामा ...

पोखरीमा डुबेर युवकको मृत्यु

महोत्तरी / महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर–८ बस्ने विकाउ रामका छोरा १६ वर्षीय लटरु राम रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । केही दिनदेखि मानसिक सन्तुलन ठीक नरहेको युवक रामको जलेश्वर–१ स्थित महादेव मन्दिर अगाडिको पोखरीमा आज डुबे...

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

लम्की / माछा मार्ने क्रममा करेन्ट लाग्दा कैलालीमा एक जनाको मृत्यु भएको छ । सोमबार राति कैलालीको जानकी गाउँपालिका–१ भुर्साका २१ वर्षीय प्रकाश चौधरीको कर्णाली नदीबाट आएको नहरमा माछा मार्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसंँगै माछा मार्न गएका स्थानीयवासी २५ वर्षीय हरि चौधरी, २० वर्षीय निराजन चौधरी, २५ वर्षीय देव चौधरी र २...

आफ्नै छोरीद्वारा बुबाको हत्या

मङ्गलबारे / इलाममा गए राति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् । शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झगडा भइरहने गरेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक र...

सुनकोशीले बगाएर दुई बेपत्ता

सिन्धुली / सिन्धुलीमा सुनकोशी नदीले बगाउँदा दुईजना बेपित्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई युवा बेपत्ता भएका हुन् । आज नदीमा पौडी खेल्न जाने क्रममा जिल्लाको फिक्कल गाउँपालिका–४ कुइभिरबाट दुईजनालाई सुनकोशी नदीले बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँक...

ब्राउनसुगरसहित दुई जना पक्राउ

कैलाली / कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका–६ बिजुलीयाका सुरज चौधरी र ११ बेलाका अर्जुन चौधरीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट पाँच पोका ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । उहाँले सुरजकै घरमा लागुऔषधको कारोबार भइरहेको ...

बलात्कार आरोपमा युवक पक्राउ

कपिलवस्तु / कपिलवस्तुमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा ११ औरहवा बस्ने २४ वर्षीय रामतिरथ यादवलाई सोही गाउँमै बस्ने १५ वर्षीयालाई बलात्कार गरेको अभियोगमा शनिबार गणेशपुर प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार राति यादवले बालिकालाई घरमै बोलाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालय गणेशपुरक...

आगलागीमा परी एक जनाको मृत्यु

मुसिकोट / रुकुमपश्चिममा आगलागीमा परी आज बिहान एक महिलाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–३ खदिकी ३५ वर्षीया लाली बोहरा देवकोटाको मृत्यु भएको हो । डम्बर देवकोटाको तीनतले घरमा अकस्मात आगलागी हुँदा भान्साकोठामा खाना बनाइरहेकी बोहराको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार घरमा स्टोर गरेर राखि...

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, चार गम्भीर घाइते

मेलम्ची / सवारी दुर्घटनामा परी सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ चोचेडाँडाका ३८ वर्षीय कृष्णवीर तामाङ रहेका छन् । बिहीबार दिउँसो लिसङ्खुपाखर गाउँपालिका–१ चोचेडाँडास्थित भित्री सडकखण्डमा मुडेबाट ब्यासतर्फ आलु अनलोड गरी खाली आउँदै गर्दा बा५ख २४१६ नंको मिनीट्रक दुर्घटना हुँदा उनको घटनास्थलम...