सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीय आन्दोलित

इनरुवा / समयमै सडक निर्माण कार्य सम्पन्न नगरेको भन्दै इनरुवाका स्थानीय आन्दोलित भएका छन् । धुलो र धुँवाले जनजीवन ग्रस्त हुनुका साथै जिर्ण छाडिएको सडक निर्माण कार्यले लामो समय बित्दा समेत पूर्णता नपाएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् । उनीहरुले इनरुवाको भित्री बजार क्षेत्रको सडक खण्डमा अवरोध सृजना गरि खबरदारी समेत गरेका छन् । स्थानीयहरु आन्दो...

वडाध्यक्ष सुवालसहित १० विरुद्ध किटानी जाहेरी

काभ्रेपलाञ्चोक / बनेपा नगरपालिकाले शान्ति सुरक्षामा खलल पु¥याई तोडफोड गरेको आरोपमा वडा नं १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दिएको छ । बनेपा नपाका–९ ठकुरीगाउँस्थित आफ्नै कृषि फार्ममा फोहरमैला व्यवस्थापन गर्न मेशिन राख्ने स्थान तयारी गर्ने क्रममा गत सोमबार डोजर लैजाँदा वडाध्यक्...

बैतडीका ७२ वडा सचिवविहीन

बैतडी / बैतडीका ८४ वडामध्ये ७२ वडा सचिवविहीन भएका छन् । वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको स्थानीय तहले जनाएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एउटा वडामा पनि सचिव छैनन् । ती सबै स्थानीय तहले प्राविधिक सहायक, कार्यालय सहायक र सामाजिक परिचालकमार्फत वडाको काम गराउँदै आएका छन् । ...

वडाध्यक्षको उम्मेदवार छान्न सकस !

काभ्रेपलाञ्चोक / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस काभ्रेपलाञ्चोकलाई एक स्थानीय तहमा वडाध्यक्षको उम्मेदवार छान्न निकै सकस परेको छ । धुलिखेल नगरपालिका–२ का लागि दुई हप्तादेखिको छलफलले नेकपा र काङ्ग्रेसले वडाध्यक्षको उम्मेदवारबारे कुनै निष्कर्ष निकाल्न सकेको छैनन् । नेकपाका जिल्लाध्यक्ष रुकु चौलागाईले यसबारे पार्टीको जिल्ला नेतृत...

भाउन्ने आमतोला सडक कालोपत्रे गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण

बेलबारी । मोरङको बेलबारी हुदै भारतको जोगवनी जोड्ने सडक कालोपत्रे गर्न माग गर्दे बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी सहितको टोलीले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ध्यानाकर्षण गराएका छन् । भौतिक पुर्वाधार मन्त्रालय गएर मुख्यमन्त्री राईलाई मेयर सहित वडाअध्यक्षहरु तथा नेकपाका स्थानिय नेताहरुले मुख्य मन्त्रीलाई भेटेर ध्यान...

उपनिर्वाचनको सर्गमी बढ्यो संखुवासभामा

संखुवासभा / संखुवासभाको स्थानीय तहमा उप निर्वाचन हुने भएपछि दलहरू चुनावी मैदानमा होमिएका छन्। आसन्‍न उपनिर्वाचनका लागि राजनीतिक दलहरू चुनावी अभियान तीव्रता दिन थालेका छन्। निर्वाचन आयोगले १४ मंसिरमा रिक्त स्थानीय तहमा उपनिर्वाचन मिति तोकेपछि दलहरू उम्मेदावर छान्‍न व्यस्त भएका हुन्। अहिले संखुवासभाका दुई तहमा जनप्रतिनिधि रिक्त छन् । मकालु गाउँपालिका...

वृद्धृवृद्धाले पाएनन् सामाजिक सुरक्षाभत्ता

दैलेख / नारायण नगरपालिका दैलेखको चरम लापरवाहीका कारण नारायण नगरपालिका–९ वृद्धवृद्धा एकल महिला ज्येष्ठ नागरिकले पाउनुपर्ने पहिलो चौमासिकको सामाजिक सुरक्षाभत्ता पाउन सकेका छैनन् । सङ्घीय सरकारबाट पठाउनुपर्ने सामाजिक सुरक्षाभत्ता पठाए पनि नारायण नगरपालिकाले गरेको लापरवाहीका कारण दुई हजारभन्दा बढीले सामाजिक सुरक्षाभत्ता पाउन नसकेका हुन् । जिल्लामा ...

धनगढीको वडा कार्यालयमा आगजनी

धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ । राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । आगलागी भएको खबर तुरुन्तै थाहा पाउनासाथ समयमै आगो नियन्त्रण गरिएकाले खा...

गाउँपालिका केन्द्र सार्न लागेको विरोधमा तालाबन्दी

बैतडी / बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरोधमा सो गाउँपालिकाको दुईवटा वडाका कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाका केन्द्र वडा नं ७ साविकको डिलाशैनी गाविसमै हुनुपर्ने माग गर्दै स्थानीयवासीद्वारा गठित सङ्घर्ष समितिले वडा नंं. ४ र ७ का कार्यालयमा बुधबारदेखि तालाबन्दी गरिएको हो । समितिले त्यहाँस्थित स्वास्थ्य संस्थाबाहेक वडा...

गैर नेपालीलाई नागरिकता दिन जनप्रतिनिधिनै सम्लग्न रहेको खुलासा

झापा / जिल्ला प्रहरी कार्यालय झापाले किर्ते तथा अनियमितता गरी नागरिकता बनाउने कार्यमा सम्लग्न भएको भन्दै पाँच जनाको नाम सार्बजनिक गरिरहँदा जनप्रतिनिधिको नाममा भने पक्राउ पुर्जी जारी भएको छ । गैर नेपालीलाई नागरिकता दिनका लागि सिफारिस गरेको आरोपमा बिर्तामोड नगरपालिका – ८ का वडा अध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका – ९ का वडा अध्यक्ष सनिलाल राजवं...