साझेदारीमा ‘स्मार्ट’ सार्वजनिक शौचालय

कास्की / पोखरा महानगरपालिकालगायतका सङ्घसंस्थाको लागत साझेदारीमा यहाँ एक ‘स्मार्ट’ सार्वजनिक शौचालय निर्माण गरिएको छ । महानगरको रु १४ लाख ४३ हजार ५८४, लायन्स अन्तर्राष्ट्रिय ३२५ बी–१ नेपालको रु पाँच लाख, रोटरी क्लब अफ मिडटाउनको रु चार लाख तथा अमरसिंह व्यापार व्यवसायी समितिको रु एक लाख लगानीमा पोखराको मुख्यबजार क्षेत्र अमरसिंहचोकमा शौचालय निर्माण गरि...

वडा सदस्य मृत भेट्टिए

बैतडी / जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा आज भेट्टिनु भएको छ ।पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उहाँको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न जानुभएको वडा सदस्य पार्कीको ...

हरिबोधिनी एकादशीमा तुलसीको विवाहका लागि पुरोहितको अभाव

गलेश्वर / आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । धर्मशास्त्रमा उल्लेख भएअनुसार आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरुपी श्ययामा शयन गरेर भगवान् श्रीहरि जागा भएको दिन । यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् हरि (विष्णु)को विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ । विधिविधान र पूजापाठ गरी...

वीरेन्द्रनगरले फुटपाथका संरचना हटायो

सुर्खेत / बजारको सौन्दर्य बिगारेको भन्दै वीरेन्द्रनगर नगरपालिकाले फुटपाथमा सञ्चालित पसल हटाएको छ । मङ्गलगढी चोक, बसपार्कलगायतका क्षेत्रमा फुटपाथ व्यवसायीले सडक, चोक अतिक्रमण गरी बनाइएका संरचना नगरपालिकाले हटाएको हो । मुख्य चोक, सडक क्षेत्रमा पसल व्यवसाय सञ्चालन गर्दा प्रदेश राजधानीको सौन्दर्य झन् कुरुप बन्न पुगेको थियो । नगरपालिकाले सोमबारदेखि दुई ...

कात्तिक २२ गते सार्वजनिक बिदा

काठमान्डाैं / चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएको छ । आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्था लगायतलाई आउँदो २२ गते सार्वजनिक बिदा दिइने घोषणा गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायणक...

मदिरा बिक्री गर्ने र खानेलाई कारवाही गरिने

डोटी / जिल्लाको शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गर्ने भएको छ । सो वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको मङ्गलबारको बैठकले वडाभरिमा मदिरा बिक्री वितरण व्यापक भएको भन्ने गुनासो आएपछि बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो । वडाभरिमा मदिरा बिक्री वितरण गर्नेलाई रु ...

बैतडीका ७२ वडा सचिवविहीन

बैतडी / बैतडीका ८४ वडामध्ये ७२ वडा सचिवविहीन भएका छन् । वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको स्थानीय तहले जनाएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एउटा वडामा पनि सचिव छैनन् । ती सबै स्थानीय तहले प्राविधिक सहायक, कार्यालय सहायक र सामाजिक परिचालकमार्फत वडाको काम गराउँदै आएका छन् । ...

न्याय सम्पादनका लागि वडा-वडामा संयोजक चयन

वालिङ / स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले न्याय सम्पादनका लागि वडा÷वडामा संयोजक चयन कार्यान्वयन प्रक्रियाको थालनी गरेको छ । न्याय सम्पादनमा जिल्लाकै उत्कृष्ट एवं नमूनायोग्य कार्य गर्दै आएको न्यायिक समितिले न्याय सम्पादनमा अझ सहजता ल्याउनका लागि प्रत्येक वडामा संयोजक तोकिएको नगर उपप्रमुख एव न्यायिक समिति सं...

‘गाँउ गाँउमा सि‌ंहदरवार भन्थे, इटहरीका मेयर द्धारिकलाल चौधरी घरमै आइपुगे

इटहरी / एउटै घरका सबैजना सन्तान अपाङ्गता भएको परिवारलाई इटहरी उपमहानगरले एक लाख रकम सहयोग गरेको छ । इटहरी २ को लक्ष्मण तामाङ्गलाई उपमहानगर प्रमुख द्धारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम उनको घरमै पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरे । लक्ष्मण तामाङ्गका चार जना सन्तान चारैजना अपाङ्ग छन । १४ देखि २९ वर्षसम्मका दुईछोरा र दुईछोरी उनीहरु कोही पनि आँखा द...

धरान उपमहानगरपालिका र धुलिखेल नगरपालिकाबीच भगिनी सम्बन्ध

धरान / स्थानीय तहबीच सहकार्य गरेर अगाडि बढ्ने उद्देश्यले धरान उपमहानगरपालिका र धुलिखेल नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । दुवै नगरपालिकाको भौगोलिक अवस्था, सांस्कृतिक परम्परा, विकासका मोडलहरु फरक फरक भए पनि यी सबै कुरा आदान प्रदान गर्द दुवै स्थानीय तहलाई समृद्धितर्फ लैजाने उद्देश्यले भगिनी सम्बन्ध कायम गरिएको हो । धरान उपमहानगरपालिकाकाकी ...