सुनचाँदीको मूल्य एक वर्ष यताकै उच्च, ताेलामा कति पुग्याे ?

काठमाडौँ / आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको कारोबार एक वर्ष यताकै उच्च मूल्यमा भएको छ । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउमा उच्च वृद्धि भएकाले नेपालमा पनि सुनको बढेकाे हाे ।

आज फाइन गुणस्तरको सुन प्रति तोला ६३ हजार रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यस्तै तेजावी सुन प्रति ताेला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइराखेको छ ।

चाँदी पनि बिहीबारको तुलनामा तोलामा ५ रुपैयाँले बढेर ७ सय १५ रुपैयाँमा कारोबार भएको छ । खासगरी अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहदा लगानीकर्ताले सुनचँदीको खरिद चाप बढाएका छन् । जसले गर्दा अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । शुक्रबार प्रतिऔन्स सुनको कारोबार १ हजार ३ सय ५६ डलरमा भइराखेको छ ।

तपाईको प्रतिक्रिया

Loading…