५ स्थानीय तहले ल्याउन सकेनन् बजेट

राजविराज / सप्तरीका १८ ओटा स्थानीय तहमध्ये १५ ओटाले मात्र आर्थिक वर्ष २०७६÷७७ का लागि बजेट सार्वजनिक गरेका छन् । असार १० गतेसम्म बजेट ल्याउनुपर्ने समयसीमा भए पनि ५ ओटा स्थानीय तहले बजेट ल्याउन सकेनन् ।

जनप्रतिनिधिबीच विवाद आवश्यक तयारी गर्न नसक्दा ५ स्थानीय तहले समयमा सभा गर्न सकेका छैनन । सप्तरीको छिन्नस्ता, तिरहुत, बलान बिहुल, महादेवा राजजगढ गाउँपालिकाकाे अहिलेसम्म गाउँ सभा हुन नसकेको छैन । सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अर्थमन्त्रालयले परिपत्र गरि गाउँ सभा नगरिेएका गाउँपालिकाको सुविधा कटौती गर्ने पत्र पठाए पनि ती गाउँपालिकाले गाउँ सभा गरेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ मा गाउँपालिका र नगरपालिकाले असार १० गते भित्र गाउँ सभा र नगर सभा मार्फत बजेट पेस गरीसक्नुपर्ने र असार २५ गतेभित्र छलफल गरी मसान्तभित्र पारेत गर्नुपर्ने व्यवस्था छ । जनप्रतिनिधिबीच भागबण्डा, आन्तरक किचलो र जनप्रतिनिधिहरूको आ–आफ्नै अडानका कारण ती गाउँपालिकामा सभा हुन सकेको छैन ।

छिन्नमस्ता निबासी मुकेश यादव का अनुसार स्थानीय चुनावपछि गाउँपालिकामा विभिन्न राजनीतिक दलबाट निर्वा्चित अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षबीच आन्तरक किचलो, द्वन्द्व, रकम बाँडफाँडमा देखिएको मतभिन्नताका कारण अहिलेसम्म सभा हुन नसकेको बताउनु भए । अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरूको बजेट खर्चमा देखिएको किचलोले कतिपय गाउँपालिकामा अध्यक्षले अनियमितता गरिेएको समेत सदस्यहरूको आरोप छन् ।

अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले केन्द्रीय बजेट थाहै नदिइकन अनियमितता गरेको आरोप सदयहरूले नै आरोप लगाउने गरीएका छन । गाउँपालिकाको आन्तरिक बजेट, प्रदेश र सङघीय सरकारको विभिन्न योजना कतिपय जनप्रतिनिधिलाई थाहै नदिइकन अधिकृत र अध्यक्षले अनियमितता आरोप उहाँहरूको आरोप छ । महदेवा गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवले सदयहरूकै कारण सभा आयोजना नभएको बताउनुभयो । सदस्यहरूले सशर्त अनुदान सहितको हर हिसाब माग गरकाले सभा आयोजनामा ढिलाइ भएको छ । उहाँले भन्नुभयो, हरहिसाब कर्मचारीले तयार गर्ने हो दुई-चार दिनमा हरहिसाब तयार गरी पेस गर्ने छ । त्यसपछि सभा आयोजनाको टुङगो लाग्ने छ । गाउँ सभा नगरेका ती गाउँपालिकाहरूको नियमानुसार निश्चित प्रतिशत अनुदान रकम कटौती हुने प्रावधान रहेको बताइएको छ ।

सभा आयोजना गरिएका नगरपालिकामध्ये अधिकांशले सभामा आफ्ना क्षेत्रका प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य, राजनितिक दल, समाजका अगुवा, सञ्चारकर्मी समेतलाई नबोलाएको नागरिक संजाल सप्तरी को अध्यक्ष सुखराम यादवले गुनासो गर्नुभयो ।

तपाईको प्रतिक्रिया

Loading…