४ कराेडकाे लगानीमा होटल नाम्जे भ्यू पोइन्टकाे शुभारम्भ

1इटहरी / धरानबाट १६ किलोमिटर उत्तरमा अवस्थित भेडेटार बजारबाट अढाई किलोमिर पूर्वमा अवस्थित रमणिय गाउँ हो नाम्जे। सन् २०१२ मा सिएनएनले पुग्नै पर्ने विश्वका उत्कृष्ट १२ गाउँमध्ये नाम्जेलाई ८ औं मा छनौट गरेपछि यो गाउँको चर्चा चुलिएकाे थियाे । त्यसपश्चात त्यहाँ घुम्न आउने पर्यटकहरुको संख्यामा ह्वात्तै बृद्धी हुन गयो । त्यहाँको हावापानी र मगर सँस्कृतिले जो कोही पर्यटकलाई लोभ्याउने गर्दछ ।

पर्यटकीय स्थलका रुपमा रहेको सो स्थलमा विभिन्न होटल तथा होम स्टे खुल्ने क्रम बढीरहेको छ । यसै क्रममा आन्तरिक एवं बाह्य पर्यटकहरुका लागि लक्षित गर्दै भेडेटार–७ स्थित नाम्चेमा होटल नाम्जे भ्यू पोइन्टको शुभारम्भ भएको छ ।

2इटहरी उध्याेग वाणिज्य महासंघका अध्यक्ष राेहित प्रसार्इ ले अाज (शनिबार) रिवन काटी हाेटलकाे शुभारम्भ गरेका हुन् । ४ तलामा अवस्थित सो होटलमा १४ सुत्ने कोठा, १ सेमिनार हल , १ रेष्टुरेन्ट एण्ड बार रहेका छन् ।  झण्डै १ कठ्ठा क्षेत्रफलमा अवस्थित सो होटल लगभग ४ करोडको हाराहारीमा लगानी भै सकेको होटलका संचालक सुदर्शन खड्काले बताए ।

3

तपाईको प्रतिक्रिया

Loading…