१ अर्बको कारोबार गर्दै विराट एक्स्पाे २०७६ सम्पन्न, ३ लाख बढीले गरे अवलोकन

माेरङ / विराटनगर २ काे शंकरपुर मार्गमा उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पो २०७६ भव्यताका साथ विधिवत् रुपमा सम्पन्न भएको छ ।
विराटनगरमा फागुन २ देखि १० गतेसम्म भएको एक्स्पोमा ३ सय ४० वटा स्टलहरु रहेका थिए । महाेत्सवमा प्रदेश १ का साथै छिमेकी मुलुक हरुबाट समेत गरी अपेक्षा गरे बमोजिम ३ लाख भन्दा बढीले अवलोकन गरेकाे साथै १ अर्बभन्दा बढीको आर्थिक कारोबार भएको आयाेजकले बताएको छ ।

विराट एक्स्पोे समापन समारोहका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल थिए । उनले पहिलो महत्वपूर्ण कुरा विकासलाई दिनुपर्ने भएकोले यसको लागि सहयोग सबै पक्षबाट हुन जरुरी रहेको बताए । मन्त्री ढकालले एक्स्पाेकाे लागि स्थायी प्रदर्शनी स्थल निर्माण गर्न स्थानीय सरकार तथा सरोकारवाला पक्षले आवश्यक प्रवन्ध मिलाएर संघीय सरकार समक्ष योजना ल्याए त्यसको लागि आवश्यक सहयाेग गर्न आफु तयार रहेकाे उल्लेख गरेका थिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरमा उद्योगी व्यवसायीले यस्तो आर्थिक र सामाजिक रुपमा महत्त्वपूर्ण एक्स्पो गरी रहनु पर्ने बताए । उनले विराटनगर महानगरमा अन्तर्राष्ट्रियस्तरको ओद्यौगिक प्रदर्शन स्थल बनाउन आवश्यक भएकोले यसका लागि महानगरले रकम समेत छुट्याएको उल्लेख्य गर्दै यसका लागि संघीय सरकार र निजी क्षेत्र पनि अग्रसर हुनुपर्छ उल्लेख्य गरेका थिए ।

महाेत्सवको समापन समारोहमा विराट एक्स्पाेका संयाेजक भाेलेश्वल दुलाल लगायत विभिन्न क्षेत्रबाट सहयोग पु-याउने व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । उत्साहजनक सहभागिताका कारण आगामी समयमा एक्स्पो गर्न थप बल पुगेको विराट एक्स्पोका संयोजक दुलालले बताए । उनले एक्स्पोका माध्यमबाट साना घरेलु, कृषि वनजन्य, मझौला, ठूला उद्योगलाई आफ्नो उत्पादन प्रवद्वर्धमा तथा व्यावसायिक सम्बन्ध विकासमा सहयोग पुगेको धारण राखेका थिए । संयाेजक दुलालले आर्थिक विकास र अर्थतन्त्रको बलियो माध्यम कृषि तथा औद्योगिक विकास भएकाेले उद्योगको उत्पादनले स्वदेशमै बजार नपाइरहेको अवस्थामा अार्थिक र सामाजिक हितका लागि आयाेजना गरिएको महाेत्सवले ठूलो मद्दत पुग्ने विश्वास पूर्वेली न्यूजसँगकाे थप कुराकानीमा बताएका थिए ।

विराट एक्स्पाे समापन कार्यक्रममा मोरङ व्यापार संङ्घका अध्यक्ष प्रकाश मुन्दडाले प्रत्यक्ष रुपमा उपभोक्ता तथा उद्योगीहरु बीचको सम्बन्ध जोड्ने पुलको काम याे एक्स्पाेले गरेको बताए । उनले यस्तो महत्त्वपूर्ण मेलाले एक पक्षलाई मात्र फाइदा नभई सबै पक्षलाई लाभ मिल्ने धारण राखेका थिए । उनले विराट एक्स्पाेले कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्वर्धन ,औद्योगिक क्षेत्रको विकास ,सूचना तथा उत्पादनबारे जानकारी दिए । विराट एक्स्पो २०७६ आयाेजक ,उद्योग संगठन माेरङका अध्यक्ष भीम घिमिरेकाे अध्यक्षतामा सम्पन्नता भएको थियाे ।

तपाईको प्रतिक्रिया

Loading…