१५ लाख लागतमा विराटनगरमा खुल्याे ‘द रोयल बिरयानी हाउस’

विराटनगर / विराटनगर–९ ट्राफिक चौकदेखि दक्षिणमा ‘द रोयल बिरयानी हाउस’ खुलेको छ । चार जना युवाले करिब १५ लाख लागतमा बिरयानी हाउस संचालनमा ल्याएका हुन् ।

वैदेशिक रोजगारीबाट फर्किएका युवाले उक्त बिरयानी हाउस खोलिएको संचालक पप्पु अन्सारीले जानकारी दिए । खाडी मुलुक साउदीबाट बिरयानी बनाउने कम्पनीमा काम गरेर फर्किएपछि आमिर लिम्बु, कमाल श्रेष्ठ, यासीर घिमिरे र अन्सारी सहितको युवाको टिमले बिरयानी हाउस संचालनमा ल्याएका छन् । स्थानीय युवाहरुलाई विरियानी परिकार वनाउन दक्ष वनाउने तथा १० जनालाई प्रत्यक्ष रोजगारी उपलव्ध गराइएको अन्सारीले बताए ।

यस अघि उनीहरूले सोही ठाउँदेखि अगाडी पनि बियरयानी खोलेका छन् । ग्राहकको माग र भिड बढेपछि शाखाको रुपमा बिरयानी हाउस खोलिएको संचालक अन्सारीले बताए । ‘विदेशबाट बिरयानी बनाउने कम्पनीमा काम गरेका पोख्त युवाहरूको टिम बनाएर खोलिएको हो,’ संचालक अन्सारीले भने, ‘स्वदेशमै व्यवसाय संचालन गरिने उद्देश्यका साथ हामीले बिरयानी हाउस खोलिएका हाैँ ।’

बिरयानी हाउसमा विभिन्न प्रकारका चिकेन, मटन, भेज, फिस र कोप्ता बिरयानी पाइन्छ । ७० देखि २ सय रुपैयाँसम्मको बिरयानी यस हाउसमा पाउने गरेको छ । एकै पटकमा ५० जनालाई खुवाउन सकिने गरि बिरयानी हाउस खोलिएको उनले बताए । यस अघि खोलिएको बिरयानी हाउसमा दैनिक ४ सय जना ग्राहक आउने गरेका थिए ।

यस अघि विराटनगरको भाटभटेनीस्थित ‘रेड चिल्ली विरियानी’ खानाको पसल संचालनमा आएको थियाे । स्थानीय वासिम शेखद्वारा करिव पाँच लाखको लगानीमा बिरयानी हाउस खोलिएको थियाे । साे बिरयानी हाउसमा दिल्लीको दक्ष कारिगरद्वारा स्वादिष्ट रुपमा विरियानी तयार गरि पस्किने गरिएको छ ।

विराटनगरका ठूला होटल वाहेक रानी, मिल्सएरिया, रोडशेष चोक, ट्राफिक चोक लगायतका ठाँउमा बिरयानी हाउस सञ्चालनमा आएको छ । विराटनगर क्षेत्रमा पछिलो समय दर्जन बढी बिरयानी मात्र बनाउने होटल खुलेका छन् ।

Loading…

तपाईको प्रतिक्रिया