१४ लाख लागतमा मेकअप स्टुडियो र टे«निङ सेन्टर

विराटनगर / विराटनगर– ६ शिव मन्दिर मार्गमा ब्यूटी टच मेकअप स्टुडियो एण्ड टे«निङ सेन्टर सञ्चालनमा आएको छ । करिब १४ लाखको लागतमा मेकअप तथा टेनिङ सेन्टर बुधबारदेखि सञ्चालनमा आएको हो ।

उक्त टेनिङ सेन्टरको उद्घाटन सौन्दर्य कला व्यवसायी संघ नेपालकी केन्द्रीय सदस्य सन्तोषी श्रेष्ठ र राष्ट्रिय सैन्दर्यकर्मी युनियन विराटनगरकी अध्यक्ष सायदा तबस्सुमले रिवन काटेर गरे । सेन्टरबाट सम्पूर्ण किसिमको मेकअप सम्बन्धी ट्रेनिङ दिन सकिने सञ्चालक तथा ब्युटिसियन सविता कार्कीले बताइन् ।

उनले काठमाडौंमा मेकअपमा डिप्लोमा गरेपछि विराटनगरमा टेनिङ सेन्टर खोलेकी हुन् । कार्कीले काठमाडौंमा ३ महिनाको बेसिक कोर्ष, ६ महिनाको डिप्लोमा र १ महिनाको मास्टर कोर्ष गरेपछि विराटनगरमा मेकअप र टेनिङ सेन्टर खोलिएको बताइन ।

तपाईको प्रतिक्रिया

Loading…